सोम, भदौ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

म्यादी । जलजला गाउँपालिका-८ लस्तीदेखि वडा नम्बर ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने भएको छ । सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी घटेको हो । जलजला ९ बनौका वडाध्यक्ष गौबहादुर पुनले सर्पको गुँड भिरमा मार्ग खुलेसँगै बनौ र लस्ती सीधा सडक सञ्जालमा जोडिएको बताए ।

“बनौदेखि पाङ-अर्मादी-मालढुङ्गा-लामाखेत जोड्ने ४० किलोमिटर घुमाउरो सडक पार गर्न दुई घण्टा लाग्थ्यो”, उनले भने, “२० किलोमिटर दूरीको बनौ लस्ती लामाखेत सडक ४५ मिनेटमा पार गर्न सकिने भएको छ ।”

घुमाउरो सडकको यात्रा गर्नुपर्दा बनौवासीलाई लामाखेत आउन जान झञ्झट, सास्ती भएपछि विसं २०७५ देखि लस्ती-बनौ सडक निर्माण सुरु भएको थियो । सडक निर्माणपछि बनौका पाँच सय घरधुरीका साथै धाइरिङको सल्ले, एकपाटे, खानीगाउँका बासिन्दा लाभान्वित भएका छन् ।

चार वर्षको प्रयासमा सल्लेनीको सर्पको गुँड भन्ने भिरमा मार्ग खोल्ने काम यसपटक सकिएको उपभोक्ता समितिका अध्यक्ष दुलबहादुर पुर्जाले बताए । “यसअघिका तीन वर्ष बजेट विनियोजन भए पनि काम गर्न नसकेर फ्रिज भयो”, उनले भने, “यसपालि उपभोक्ता समितिमार्फत मार्ग खोल्न सफल भयौँ ।”

सडक निर्माणमा सङ्घीय सरकारबाट दुई चरणमा रु एक करोड ३० लाख विनियोजन भए पनि भौगोलिक कठिनाइ र जोखिम भएकाले निर्माण व्यवसायीले काम गर्न नसकेपछि सबै बजेट खर्च हुन सकेन । गत वर्ष जलजला गाउँपालिकाले रु २५ लाख विनियोजन गरेर ठेक्का आह्वान गरेको थियो ।

अक्करे र जोखिमयुक्त पहाडमा सडक निर्माणका लागि व्यवसायी तयार नभएपछि ठेक्का रद्द भएको थियो । यसपाली गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत रु ३० लाख बजेट विनियोजन भएको थियो ।

उपभोक्ता समितिका अध्यक्ष पुर्जाका अनुसार पाँचरछ जना डोजर अपरेटरलाई देखाउँदा जोखिम भएको भन्दै काम गर्न मानेनन् । डोजर अपरेटर माधव रेग्मीले ओडार परेको भिरमा काम गर्ने आँट गरे । जोखिम मोलेर संयमतापूर्वक डोजर चलाएर मार्ग खोल्न सफल पनि भए ।

यो पनि पढ्नुहोस्

कांग्रेशद्वारा उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान

कांग्रेशद्वारा उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान

३ घण्टा अगाडि
‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नारायणगढ–मुग्लिन सडकखण्ड सवारी आवागमन आंशिक रूपमा रोकिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका सभापति र अमेरिकी विदेशमन्त्रीबीच संवाद

‘जेन–जी सहिद स्मारक पार्क’ को शिलान्यास

नेकपाद्वारा पुनर्निर्माणका लागि २४ बुँदे विशेष प्रस्ताव पारित

बाढी सम्बन्धी भिडियो बनाएर पोष्ट गर्ने पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक