बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘गरिबी अन्त्यका लागि सहकारी उत्तम विकल्प’

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
‘गरिबी अन्त्यका लागि सहकारी उत्तम विकल्प’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गरिबी अन्त्यका लागि सहकारी उत्तम विकल्प बन्न सक्ने भए पनि सोही अनुरूप ऋण परिचालन हुन नसक्दा समस्या भएको जनाउनुभएको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको  राजधानीमा आयोजित २४ वार्षिकोत्सव समारोहमा देशमा करिब ३४ हजार सहकारी संस्थामध्ये झन्डै ७० प्रतिशत बचत तथा ऋण परिचालनसम्बन्धी रहेका भन्दै तिनको सही व्यवस्थापन भए गरिबी न्यूनीकरण टेवा पुग्ने जनाउनुभयो । कृषि क्षेत्रको विकास र रूपान्तरणका लागि विशिष्टीकृत वित्तीय संस्था आवश्यक रहेको उहाँले जनाउनुभयो ।

साना किसानलाई कृषि, पशुपालन र आयआर्जनमा संलग्न गराउन साना किसान विकास लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उहाँले लघुवित्त सदस्यलाई उत्पादनमा जोड्ने गरी कार्यक्रम अगाडि बढाउन नसके लामो समयसम्म चल्न नसक्ने तर्क गर्नुभयो ।

सरकारले दिएको सहयोगलाई सदुपयोग गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो कामलाई प्रमाणित गरेकै कारण अहिले विदेशी निकायले समेत विश्वास गर्ने वातावरणको विकास भएको उहाँले जनाउनुभयो । नेपालमा कृषि र पशुपालनमार्फत गर्न सकिने उद्यम र आयआर्जनका क्षेत्र धेरै रहेको स्मरण गर्दै डा. खतिवडाले एकलभन्दा पनि अब सामूहिक उत्पादन र आम्दानीमा जोडिनुपर्नेमा जोड दिनुभयो ।

नेपालको राँगा, बङ्गुरलगायतका मासुजन्य उत्पादनको बजार तेस्रो मुलुकमा भइसकेको भन्दै उहाँले अब किसानलाई बजारको ग्यारेन्टी गर्दै निरोगी पशुवस्तु उत्पादनमा प्रोत्साहन गर्न सके नेपाली किसानको आयस्तरमा वृद्धि गर्न सकिने बताउनुभयो । संस्थाका अध्यक्ष खेमबहादुर पाठकले संस्थागत सुशासन बढाउन नसक्दा सहकारीमा केही समस्या आएको जनाउनुभयो ।

उहाँले देशव्यापी अभियान चलाइरहेको भन्दै यस क्रममा संस्थाका सञ्चालक र कर्मचारीले आफ्नो जिम्मेवारीभन्दा फरक काम गरेका कारण संस्थामा समस्या सुरु भएको जनाउनुभयो ।

साना किसान विकास लघुवित्तले ७७ जिल्लाका एक हजार ७१० साझेदार संस्थामार्फत २२ लाख परिवारका ८८ लाख सदस्यमा थोक कर्जा विस्तार, क्षमता विकास, प्रविधि हस्तान्तरण युवा उद्यमीका लागि काम गर्दै आएको उहाँले जनाउनुभयो ।

नेपालमा २०३२/३३ सालदेखि साना किसान विकास आयोजना सुरु भएको हो । विसं २०५८ सालदेखि साना किसान विकास लघुवित्त वित्तीय संस्थाका रूपमा रहेको यो संस्था त्यसअघि साना किसान विकास बैङ्कका रूपमा दर्ता भएको थियो ।

संस्थाको संस्थापक सेयरधनीका रूपमा नेपाल सरकार, कृषि विकास बैङ्क, नेपाल बैङ्क, नबिल बैङ्क लिमिटेड र अन्य बैङ्क तथा वित्तीय संस्थाका साथै २३१ वटा साना किसान सहकारी संस्था रहेका छन् । संस्थाको चुक्ता पुँजी चार अर्ब ३१ करोड रुपियाँ रहेको छ । बैङ्क तथा वित्तीय संस्थाको ३८.९ प्रतिशत, साना किसान सहकारी संस्थाको २७.४५ प्रतिशत, अन्तर्राष्ट्रिय वित्तीय संस्थाको २.३६ प्रतिशत, नागरिकको ३०.०६ प्रतिशत र अन्यको १.२३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

संस्थामा साना किसान सहकारी ९०२, अन्य सहकारी संस्था र लघुवित्त संस्था ८०८ गरी कुल एक हजार ७१० साझेदार संस्था आबद्ध रहेको त्यस अवसरमा जानकारी दिइयो ।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

८ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक