बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कुलिङ पिरियडमा बदमासी गर्नेमाथि कारबाही गर्न माग

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
कुलिङ पिरियडमा बदमासी गर्नेमाथि कारबाही गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को दफा ८२ मा रहेको ‘कुलिङ पिरियड’ माथि भएको गडबडीको विषय राष्ट्रियसभा बैठकमा पनि उठेको छ । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले कुलिङ पिरियडमा बदमासी गर्ने कार्यले संसदीय व्यवस्थाको उपहास भएको भन्दै छानबिन गरी कडा कारबाही गर्न माग गरेका हुन् ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडको सम्बन्धमा शून्य समयमा बोल्ने गंगाकुमारी बेलबासे, गोपीबहादुर सार्की अछामी, डा.बेदुराम भुसाल र मृगेन्द्रकुमार सिंह यादवले उठाएका हुन् ।  सांसद बेलबासेले कुलिङ पिरियडको सम्बन्धमा घटेको घटनाले देश तरङ्गित बनाएको जनाइन् । उनले भनिन्, ‘कुलिङ पिरियडको प्रतिनिधिसभामा जे घटना घट्यो यसले देश तरङ्गित भएको छ । यस सम्बन्धमा छानबिन समिति बनोस् । गल्ती गर्नेलाई कारबाही होस् ।’
सांसद अछामीले राष्ट्रियसभामा असार १८ गते पेस भएको सङ्घीय निजामती विधेयक अझै आफूहरूलाई पढ्न नदिइएकाले कतै बदमासी गर्न लागिएको त होइन भन्दै आशङ्का व्यक्त गरे । उनले भने, ‘ राष्ट्रियसभामा प्रतिनिधिसभाको सन्देशसहित असार १८ गते पेस भएको निजामती विधेयक हामीले अझै पढ्न पाएका छैनौँ । किन पढ्नका लागि उपलब्ध गराइएको छैन । कतै बदमासी त हुँदैछैन ।’
सांसद डा.भुसाल पेस भएको तीन दिनसम्म पढ्न नपाउनुले कतै निजामती विधेयक गायब गर्न लागिएको त होइन भन्ने आशङ्का व्यक्त गरे । उनले भने, ‘सङ्घीय निजामती सेवा विधेयक असार १८ गते पेस भए पनि अहिलेसम्म किन वितरण गरिएको छैन ? गायब पार्न खजियो कि भन्ने आशङ्का छ ।’ सांसद यादवले निजामती ऐनमा कुलिङमा चलखेल जालझेल गरी प्रतिवेदन आउनु संसदीय व्यवस्थाको उपहास भएको जनाए । उनले कुकृत्य गर्नेलाई छानबिन गरी कडा कारबाही गर्न माग गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

५ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक