बिहि, भदौ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हैजा निवारण योजना २०८२/२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
हैजा निवारण योजना २०८२/२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालमा हैजा निवारणका लागि खानेपानी मन्त्रालयले सक्रियता देखाउन थालेको छ । मन्त्रालयलेले विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य र समन्वय गर्दै सुरक्षित पानी र सरसफाइलाई प्राथमिकता बनाउदै आइरहेको छ ।

खानेपानी मन्त्रालयका निमित्त सचिव ईञ्जिनियर मीना श्रेष्ठले नेपालमा हैजा निवारणको लक्ष्य हासिल गर्न खानेपानी मन्त्रालयले सुरुदेखि नै विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य र समन्वय गर्दै आइरहेको बताउनु भएको छ ।

मन्त्रालयले आयोजना गरेको नेपालबाट हैजा निबारण गर्न खानेपानी मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वय र सहकार्यमा राष्ट्रिय हैजा निवारण योजना २०८२/२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा उहाँले हैजा फैलनुमा असुरक्षित र अस्वस्थकर खानेपानी, कमजोर सरसफाइ तथा स्वच्छताको भूमिका रहेको उल्लेख गर्दै हैजा निवारणका लागि यी क्षेत्रको सुदृढीकरण अनिवार्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वच्छ र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता हैजा उन्मूलनको आधारशिला हुन् । यसलाई राष्ट्रिय प्राथमिकताका रूपमा लिनु जरुरी छ ।” यसैगरी उहाँले नेपालमा हैजा नियन्त्रण र उन्मूलनका लागि साझा प्रयास, नीतिगत सुधार, बजेटको सुनिश्चितता र जनचेतनामूलक अभियानको आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानी मन्त्रालयले निकट भविष्यमा हैजा प्रभावित क्षेत्रहरूमा आकस्मिक प्रतिक्रिया प्रणाली, सुरक्षित पानी आपूर्ति, तथा स्वच्छताका कार्यक्रमहरू थप प्रभावकारी बनाउने योजना बनाएको जनाएको छ ।”

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले सरकारले सन् २०३० सम्म नेपाललाई हैजा मुक्त राष्ट्र बनाउने लक्ष्य लिएको र यसका लागि आवश्यक पूर्वाधार विकास, सूचनाको पहुँच, र जनस्तरसम्मको सेवा प्रवाह सुनिश्चित गर्नु प्रमुख चुनौती र अवसरका रूपमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हैजा प्रसारणको प्रमुख घटकको रुपमा असुरक्षित तथा अस्वस्थकर खानेपानी, सरसफाइ तथा स्वच्छता भएको हुनाले स्वच्छ र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकास, हैजा उन्मूलनको आधारशिलाको रुपमा लिनु पर्ने हुन्छ ।”

कार्यक्रमका सहभागी तथा मन्त्रालयका सिडिई योगेन्द्र चित्रकारले नेपाल सरकारले सङ्क्राममक रोगहरूको सूचीको सातौँ क्रम सङ्ख्यामा हैजा रोग पनि समावेश गरिएको र पानीजन्य सर्ने रोग भएको कारण संघीय राज्य प्रणालीमा नेपालमा स्वच्छ र सुरक्षित खानेपानी, यसको गुणस्तर कायम गर्न एवं ढल व्यवस्थापन गर्न खानेपानी मन्त्रालयको अहम भूमिका रहेको सन्दर्भमा, र दिगो विकास लक्ष्य अन्तर्गतको लक्ष्य ३ र ६ प्राप्त गर्नलाई समेत सहयोग गर्ने बताउनुभयो ।

उहाँका अनुसार यस योजना दुई चरण दुई चरणमा बाँधिएको छ पहिलो चरणमा रोकथाम रहनेछ भने दोस्रो चरणमा निवारणमा केन्द्रीत रहनेछ । पहिलोपटक नेपालमा बहुक्षेत्रीय हस्तक्षेपका लागि प्राथमिकता क्षेत्रहरू (पामी) अति जोखिम २२ जिल्लाहरूको वर्गीकरणको अवधारणा लागु गरी यो योजना तयार गरिएको छ, जुन जिल्लाहरुमा नेपालको कुल जनसङ्ख्याको ४८ प्रतिसत जनसङ्ख्याको वसोवास आउँछ ।

हैजाको विश्वभरिको महामारीको अवस्था नेपालमा १८ औँ शताब्दीदेखि यसको निरन्तर प्रकोप लगायतको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रतिबद्धता अनुरुप राष्ट्रिय हैजा निवारण योजना तयार गर्दा विभिन्न विज्ञहरूको, सरोकारवालाहरुको राय सल्लाह, विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व सुनिश्चित गरिएको, विकास साझेदार, खानेपानी तथा सरसफाई क्षेत्रका सरकारी एवं गैरसरकारीसँग सहयोग र समन्वय गरी तयार पारिएको कार्यक्रमका सहभागीहरुले बताउनु भएको थियो । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

३ सय ८४ जना पर्यटक बेपत्ता भएको सार्वजनिक

३ सय ८४ जना पर्यटक बेपत्ता भएको सार्वजनिक

१० घण्टा अगाडि
बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे

धादिङमा ६ जनाको शव फेला

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक