मङ्ल, भदौ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

२५ औँ वार्षिकोत्सवमा  आयोजित कार्यक्रममा नेपालको पहिलो चलचित्र ‘आमा’

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
२५ औँ वार्षिकोत्सवमा  आयोजित कार्यक्रममा नेपालको पहिलो चलचित्र ‘आमा’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवमा  आयोजित कार्यक्रममा नेपालको पहिलो चलचित्र ‘आमा’ को पोस्टर हुलाक टिकटमा अङ्कित गरिएको छ । विसं २०२१ असोजमा प्रदर्शन भएको आमाको निर्देशन हिरासिंह खत्रीले गर्नुभएको थियो । चलचित्रमा शिवशङ्कर खत्री र भुवन चन्दको मुख्य भूमिका निर्वाह रहेको थियो । यस चलचित्रबाट नेपाली चलचित्र उद्योगको सुरुवात भएको मानिन्छ ।

हुलाक सेवा विभागले १० रुपियाँ दरका दुई वटा टिकट प्रकाशन गरेको छ । जसमा चलचित्र ‘आमा’ का नायक र नायिकाको तस्बिर अङ्कित छ । टिकटको प्रथम दिवसीय आवरणमा विशेष ढाँचा प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र आमाको हुलाक टिकट ल्याएर इतिहासलाई अमर बनाएको जनाउनुभयो । चलचित्रसम्बन्धी नयाँ बन्ने कानुनले चलचित्र क्षेत्रको श्रीवृद्धिमा योगदान पुगोस् भन्ने उद्देश्य रहेको बताउँदै उहाँले भन्नुभयो, “आउने ऐनले सबैको भावनालाई समेट्ने हाम्रो उद्देश्य रहेको छ ।” उहाँले चलचित्र क्षेत्रलाई व्यवस्थित बनाउनेतर्फ सरकारले योजनाका साथ काम गरिरहेको बताउँदै भन्नुभयो, “चलचित्र क्षेत्र समृद्ध भयो भने सबै क्षेत्र समृद्ध हुन्छ ।”

यसै गरी मन्त्री गुरुङले सरकारले प्रत्येक वर्ष असोज १५ गते लाई ‘राष्ट्रिय चलचित्र दिवस’ का रूपमा मनाउने जानकारी पनि दिनुभयो । उहाँले असार १३ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार असोज १५ मा चलचित्र दिवस मनाउने घोषणा गरिएको जानकारी दिनुभएको हो । यसअघि असोज १ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने भनिएको थियो । बोर्डले असोज १५ लाई चलचित्र दिवस मनाउन सरकारलाई सिफारिस गरेको थियो ।

कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले नेपाली चलचित्रको ६० वर्षको इतिहासलाई झल्काउने गरी प्रथम दिवसीय टिकटमा टाँचा लाग्नु महत्वपूर्ण भएको बताउँदै भन्नुभयो, “यो चलचित्र क्षेत्रको इतिहासमा स्वर्णिम अक्षरले लेखिने छ ।” उहाँले पूर्वाधार र नीतिगत सुधारका काम गरिरहेको जानकारी दिँदै घोषणा गरिएका केही कार्यक्रम तिनै प्रयासको प्रतिफल रहेको उल्लेख गर्नुभयो । नेपाल सरकारले चलचित्र क्षेत्रलाई महìवपूर्ण रूपमा हेर्ने गरेको छ भन्ने बुझ्न पनि उहाँले आग्रह गर्नुभयो । बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले दिने ३३ वटा सेवालाई अनलाइन माध्यमबाट सेवा सुरु गरिएको जनाउनुभयो । उहाँले भन्नुभयो,“बक्स अफिसमा दुई सिनेमा नामक एपले रियल टाइम डाटा बुझ्न निर्मातालाई सघाउने छ । व्यापारलाई पारदर्शी जनाउँछ ।” निर्माता, वितरक र प्रदर्शकको सम्बन्धलाई आगामी दिनमा अझै हार्दिकता बनाउने विश्वास व्यक्त गर्दै उहाँले अब चलचित्र भवनमा टिकट बिक्री हुनेबित्तिकै त्यो जानकारी निर्माताले पाउने जनाउनुभयो ।

कार्यक्रममा बोर्डले ६० वर्ष यता सर्वाधिक कमाइ गरेका २५ वटा चलचित्रको सूची सार्वजनिक गरेको छ । जस अनुसार पहिलो नम्बरमा चलचित्र पूर्णबहादुरको सारङ्गी परेको छ । सरोज पौडेल निर्देशित चलचित्रले १७ लाख टिकट बिक्री गर्न सफल भएको थियो भने त्यसबाट ४६ करोड ८७ लाख रुपियाँ बढी आम्दानी भएको थियो । यसै गरी कबड्डी–४ ले २१ करोड ४० लाख रुपियाँ बढी कमाइ गरेको थियो । तेस्रो सर्वाधिक कमाई गर्ने चलचित्र १२ गाउँले १९ करोड ९२ लाख बढी कमाई गरेको बोर्डले जनाएको छ । यसै गरी दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र छक्का पञ्जा ४ ले १७ करोड ५३ लाख बढी कमाइ गरेको छ । सर्वाधिक कमाई गर्नेमा चलचित्र ‘जारी’ पाँचौँ नम्बरमा छ । उपेन्द्र सुब्बा निर्देशित यस चलचित्रले ले १७ करोड ४७ लाख बढी आर्जन गरेको छ । छैटौँ नम्बरमा रहेको छक्का पञ्जा १ ले १६ करोड १० लाख बढी कमाएको छ । सातौँ नम्बरमा रहेको महाजात्रा ले १५ करोड ६७ लाख बढी कमाइ गरेको छ ।

आठौँ नम्बरमा रहेको छक्का पञ्जा ५ ले १५ करोड २० लाख, नवौँ नम्बरमा रहेको कोहिनुरले १४ करोड ७५ लाख र १० औँ नम्बरमा रहेको छक्का पञ्जा २ ले १४ करोड ५१ लाख कमाई गरेको बोर्डले जनाएको छ ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

बयान भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ

३७ मिनेट अगाडि
अपराधमा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसँग माग

अपराधमा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसँग माग

५३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढ्याे

नाबालिका हत्या अभियुक्तले दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति आपत्ति

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक