काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधरणको पहुँच कम हुँदै गएको जनाएका छन् ।
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा बोल्दै उनले न्यायालयप्रतिको जनताको आस्था, विश्वास र भरोसामा कमी हुँदै आएकोप्रति ध्यानाकर्षण गराए ।
उनले अहिले सर्वोच्च अदालतमा धेरै मुद्दाहरू विचाराधीन रहेको जनाए ।
‘अहिले सर्वोच्चमै धेरै मुद्दाहरू पेन्डिङमा छन् । विचाराधीन छन् । ती मुद्दालाई अघि बढाउन के गर्नुपर्छ ? तपाईंको के सोचाइ छ ?,’ उनको प्रश्न थियो ।
उनले संसदीय सुनुवाई समितिमा आज सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्ति थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


