बिहि, भदौ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पाल्पा तानसेनमा एकल महिलाको उठिबास, वडादेखि नगरपालिकाको बदमासी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
पाल्पा तानसेनमा एकल महिलाको उठिबास, वडादेखि नगरपालिकाको बदमासी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पाल्पाको तानसेन नगरपालिका वडा नं. १ की एकल महिला कुन्ता बस्याललाई तत्कालिन वडाअध्यक्ष तुलसी गिरीलगायतले घरबारविहिन बनाउन लागेको पीडितले बताएकी छन् ।

शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो जग्गाको भाउ बढाउन गिरीसहितका व्यक्तिहरुले आफ्नो एक रोपनी जग्गाको बीचमा जबरजस्ती सडक खनेको पीडितको आरोप छ ।

आफू १६ वर्षदेखि गैर न्यायीक हर्कतविरुद्ध न्यायको लागि लड्न थालेको र श्रीमानको निधन भएको दश बर्षदेखि एक्लै लड्न बाध्य भएको उनको गुनासो छ । व्यक्तिगत जग्गाको बीचमा सडक खनेर अन्याय गरेको बताउँदै पीडितले बस्यालले भनिन्, “श्रीमानको पैतृक सम्पत्तिका नाममा भएको १ रोपनी जग्गालाई पनि सर्बजनिक गरेपछि अब म कहाँ जाउँ ?, अब त मर्नुको विकल्प के नै रह्यो र ?”

आफ्नो नाममा लालपूर्जा भएको जग्गाको बीचमा सडक खन्न थालेपछि आफूले न्यायका लागि नगरपालिका हुँदै जिल्ला प्रशासन कार्यालयमा जाँदा पनि तत्कालिन जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीलेसमेतले अध्यक्ष गिरीलाई साथ दिएको पीडित बस्यालले बताइन् ।

सो विषयमा आफू जिल्ला अदालत पाल्पामा न्यायको लागि गएको तर न्याय नपाएपछि उच्च अदालत तुल्सीपुर बुटवलले पनि जिल्लाकै फैसलालाई सदर गरेको पीडित बस्यालले बताइन् ।

आफ्नो नाममा पुर्जा भएको जग्गालाई मिचेर गैरन्यायीक तरिकाले उपभोक्ता समितिका तत्कालिन् अध्यक्ष पोशकान्ता बस्यालसहितको टोलीले जबरजस्ती सडक खनेको बताउँदै बस्यालले भनिन्, “नगरपालिका र वडाका जनप्रनिधिहरुलेसमेत धाकधम्की मात्रै हैन छोडेर जा भन्दै कुटपीट गरी सडक खने ।”

आफूले हारगुहार माग्दै लामो समयसम्म न्यायका लागि लड्दा पनि कसैले साथ नदिएको दुखेको गर्दै उनले, “तुलसी गिरी, दुर्गा नेपाली, पोशकान्त बस्याल, बालानन्द बस्याल, मिना बस्याल, मित्रलाल घिमिरेसहितका व्यक्तिहरुले मेरो जमिन वोरीपरीको आफ्नो जग्गाको भाउ बढाई बेच्नका लागि मेरो जमिनको बीचबाट सडक बनाउने षड्यन्त्रलाई न्यायालयले समेत वैधानिकता दिँदा अब म के गरुँ ? उनिहरुको निजी स्वार्थ र समृद्धिको लागि म एकल र एक्ली महिलाको उठिबास हुुनुपर्ने कहाँको न्याय हो ? नागरिकको अभिभावक वडा, नगरपालिका र समाज अनि अदालतले पनि मेरो पीडा, रोदन र चित्कारमाथि माज लिन मिल्छ ? के यो देशमा न्याय कतै मिल्दैन ? के हामी जस्ता होचा निमुखा गरिवहरुले बाँच्न पाउने अधिकार छैन ?”

आफ्नो नाममा भएको एकमात्रै बाँच्ने र गरिखाने आधारलाई स्थानीय सरकार, नगरपालिका, जिल्ला प्रशासन हुँदै न्यायालयले समेत खासेको बस्यालले बताइन् । अब आफू मर्नु न बाच्नुको अवस्थामा पुगेको बताइन् । आफू न्याय पाइने आशामा पाल्पाबाट काठमाडौं आएको बताउँदै बस्यालले न्यायका लागि प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र राष्ट्रिय मानव अधिकार कार्यालयसँग बाँच्न पाउने अधिकार रक्षाको लागि गुहार समेत गरिन् ।

अहिले नगरपालिका र वडाका जनप्रनिधिहरु आफ्नो न्यायका लागि भन्दा पनि कसरी हुन्छ उठिबास लगाउने योजनाअनुसार उक्त सडकलाई कालेपत्र गर्न लागेको र आफ्नो पक्षमा कोही नभएकोले काठमाडौं आएर पत्रकार सम्मेलन गर्न बाध्य भएको पीडितको गुनासो छ ।

सोही जग्गामा ढुङगा माटोले बनाएको घर पनि सडक बनाएपछी धरापमा परेर बस्ने अवस्था पनि नभएको उनले बताइन् ।

यस विषयमा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोसलाल श्रेष्ठसँग बुझ्दा उनले सो विषय आफ्नो कार्यकालमा नभएको बताउँदै पन्छिए । तपाईँकै पालामा मुद्दा लड्नु भएको हैन र भन्ने प्रश्नमा उनले भने, “पुरानै प्रक्रियाअनुसार गएको हो, कानुनअनुसार केही गर्न सकिँदैन, बरु तपार्इँले केही उपाय छ की सुझाउनुस् ।”

त्यसैगरी वडा अध्यक्ष सुनिलकुमार बस्यालले पनि आफ्नो कार्यकालमा भन्दा अघिल्लो अध्यक्षको पालमा भएको बताउँदै भने, “बिचरा उहाँ पीडित नै हुनुहुन्छ, तर के गर्ने हाम्रो हातमा केही पनि छैन ।” 

यो पनि पढ्नुहोस्

३ सय ८४ जना पर्यटक बेपत्ता भएको सार्वजनिक

३ सय ८४ जना पर्यटक बेपत्ता भएको सार्वजनिक

१३ घण्टा अगाडि
बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे

धादिङमा ६ जनाको शव फेला

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक