बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेजनले भारतमा २३३ मिलियन डलर लगानी गर्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
अमेजनले भारतमा २३३ मिलियन डलर लगानी गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकी ई-कमर्स प्लाटफर्म, अमेजनले भारतमा सन् २०२५ मा २३३ मिलियन डलर (२ हजार करोड भारतीय रुपैयाँभन्दा धेरै) लगानी गर्ने भएको छ।

देशव्यापी रूपमा आफ्ना सञ्चालन विस्तार, पूर्वाधार सुधार र फुलफिलमेन्ट नेटवर्कका लागि नयाँ प्रविधि विकास गर्ने कम्पनीको लक्ष्य छ। साथै, डेलिभरी सुरक्षामा सुधार ल्याउन पनि यो लगानी गर्ने लागेको कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ।

अमेजनले भारतमा आफ्ना फुलफिलमेन्ट, सर्टेसन र डेलिभरी सञ्जालसम्बन्धी नयाँ कारखाना शुरु गर्ने र विद्यमान साइटहरूको सुधार गर्ने योजना बनाएको छ।

‘अमेजनले भारतभरका सबै ठाउँहरूमा सामान पुर्‍याउन एउटा ठूलो सञ्जाल बनाएको छ, अहिलेको यो नयाँ लगानीले त्यो सञ्जाललाई अझ राम्रो बनाउनेछ,’ विज्ञप्तीमा भनिएको छ, ‘यसले गर्दा सामानहरू छिटो प्रशोधन हुनेछन्, डेलिभर पनि चाँडै हुनेछ र सबै काम अझै प्रभावकारी रूपमा हुनेछ।’

वालमार्टको फ्लिपकार्ट र अर्बपति मुकेश अम्बानीको रिलायन्स रिटेलसँग भारतमा प्रतिस्पर्धा गरिरहेको अमेजनले यसअघि सन् २०३० सम्ममा भारतमा कुल २६ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो। कम्पनीले आफ्ना कर्मचारी र सहयोगीहरूको स्वास्थ्य र आर्थिक अवस्था सुधारका लाग पनि लगानी र पहलहरू विस्तार गरिरहने जनाएको छ। यसमा ‘आश्रय’जस्ता कार्यक्रमहरू विस्तार गर्ने समावेश छ।

‘आश्रय’ कार्यक्रमअन्तर्गत अमेजनले डेलिभरी सेवाका कर्मचारीलाई आराम गर्ने ठाउँहरू बनाउने गरेको छ। अमेजनबाहेक अन्य कम्पनीका लागि डेलिभरी गर्नेहरूले पनि त्यसको उपयोग गर्न पाउँछन्। त्यहाँ बस्ने ठाउँ, पिउने पानी, चार्जिङ पोर्ट र शौचालय सुविधा हुन्छ। त्यस्तै, अमेजनले डेलिभरी युनिट र चालकहरूका लागि वित्तीय शिक्षा र व्यक्तीगत वित्त सहायता प्रदान गर्न ‘समृद्धि’ नामक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

डेलिभरी कर्मचारी र चालकहरूकै बालबालिकालाई छात्रवृत्तिसहित सहयोग गर्न अमेजनले भारतमा ‘प्रतिधि’ कार्यक्रम सञ्चालन गरको छ। ट्रक चालकहरूको स्वास्थ्य सेवासम्बन्धी आवश्यकताहरू सम्बोधन गर्न ‘सुश्रुत’ कार्यक्रम सञ्चालन गरिरहेको पनि कम्पनीले विज्ञप्तिमा जनाएको छ।

अमेजनले २०२५ को अन्त्यसम्ममा ८० हजारभन्दा धेरै डेलिभरी कमर्चारी र साझेदारहरूलाई मेडिकल क्याम्पमार्फत निःशुल्क स्वास्थ्य जाँच उपलब्ध गराउने गरी राष्ट्रव्यापी अभियान सुरु गरेको इन्डियन एक्स्प्रेसको समाचारमा उल्लेख छ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

२ दिन अगाडि
आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

आप्रवासीलाई निष्कासन गर्न अफ्रिकी मुलुक रुवान्डामा विशेष केन्द्र खोल्ने

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक