बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमालेको सचिवालय बैठक सुरू

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
एमालेको सचिवालय बैठक सुरू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बुधबार सुरू भएकाे छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेदेखि सुरू भएकाे हाे ।  साे बैठकको एकमात्र छलफलको एजेण्डा विधान महाधिवेशन रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी गराए ।

नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । विधान महाधिवेशनको मिति नजिकिएसँगै एमालेले त्यसको तयारी गर्न सचिवालय बैठक बोलाएको हो ।

सचिवालय बैठकले विधान संशोधन प्रस्तावको खाका प्रस्तुत गर्न कुनै नेताको संयोजकत्वमा समिति बनाउने वा त्यसको जिम्मा संगठन विभागलाई दिने भन्ने निर्णय गर्ने नेताहरूको धारणा छ । ‘विधान महाधिवेशनमा प्रस्तुत गर्ने संशोधित विधानको प्रस्तावित खाका बनाउनुपर्छ । त्यसपछि राजनीतिक प्रस्ताव, तेस्रो संगठनात्मक प्रस्ताव र समसामयिक सङ्कल्प प्रस्तावहरू पनि तयार गर्नुपर्छ । ती कामका लागि नेताहरूलाई जिम्मेवारी आजको बैठकले दिनेछ’, प्रचार विभाग प्रमुख गौतमले भने, ‘संशोधित विधानको खाका मातहतका कमिटीमार्फत सुझाव माग्नुपर्ने हुन्छ ।’

संशोधित विधानको खाकामा प्रदेश, जिल्ला र स्थानीय तहको सुझाव समेटेर विधान महाधिवेशनमार्फत पारित गर्नुपर्ने एमालेको वैधानिक व्यवस्था छ । ‘त्यस क्रममा एमालेले संशोधित विधानको खाका मातहतका कमिटीमा पठाएर त्यसमा सुझाव माग्न पनि सक्छ र विद्यमान विधानमा कहाँ कहाँ संशोधन आवश्यक छ ? भनेर सिधै धारणा माग्न पनि सक्छ’, गौतमको धारणा छ।  यो समग्र कामको संयोजन गर्ने गरी निर्णय गरेपछि एमालेलाई आजैबाट विधान महाधिवेशन लाग्ने देखिएको छ । आन्तरिक तयारी अभावमा विधान महाधिवेशन सर्छ कि भन्ने कतिपय नेताहरूको भनाइ आइरहेपनि प्रचार विभाग प्रमुख गौतम विधान महाधिवेशन सार्नुपर्ने कुनै कारण नरहेको जनाउँछन् ।
‘हामीलाई चाहिने समय एक महिना हो त्यो समय पर्याप्त छ । त्यसैले सर्छ भन्ने छैन’, उनले भने, ‘भदौमा विधान महाधिवेशन हुँदा हामी आगामी वैशाखभित्र राष्ट्रिय महाधिवेशन गर्न सक्छौ । त्यसको तयारी भइरहेको छ ।’
एमालेमा खासगरी ७० वर्षे उमेर हदको विषय बढी चर्चामा छ । पहिलो विधान महाधिवेशनले ७० वर्षे उमेर हद लगाए पनि बिचमा उक्त व्यवस्था निलम्बन गरिएको छ । सो व्यवस्था निलम्बन नै गरेर जाने वा ७० वर्षे उमेर हद कायम गर्ने भन्ने एमालेमा दुई धार छ । अध्यक्ष केपी शर्मा ओली ७० वर्षे हटाएरै जानुपर्ने पक्षमा छन् भने अन्य धेरै केन्द्रीय नेता कायम गर्नुपर्ने पक्षमा छन् । नेताहरूले आगामी विधान महाधिवेशनले यसबारेमा छलफल गरेर निर्णय गर्न सक्ने जनाउँछन् । तर प्रचार विभाग प्रमुख गौतम ७० वर्षे राजनीतिक विषय नभएर प्राविधिक विषय मात्र भएको जनाउँछन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

४ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक