काठमाडौं । ‘भिजिट भिसा’ तथा अध्यागमनमा हुने ‘सेटिङ’ प्रकरणमा विपक्षी दलहरू दुईतिर विभाजित भएका छन् । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न सरकारले सोमबार पूर्वमुख्यसचिव शंकरदाब वैरागीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
सरकारले छानबिन समिति गठन गरेको सम्बन्धमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले स्वागत गरेको छ । अर्को विपक्षी दल नेकपा एकीकृत समाजवादी मौन देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समितिलाई अस्वीकार गरेको छ ।


