सोम, कार्तिक १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

गठबन्धन बनाउने क्रममा भएको समझदारीप्रति आफ्नो दल प्रतिवद्ध रहने : नेता थापा

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
गठबन्धन बनाउने क्रममा भएको समझदारीप्रति आफ्नो दल प्रतिवद्ध रहने : नेता थापा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन बनाउने क्रममा भएको समझदारीप्रति आफ्नो दल प्रतिवद्ध रहने बताएका छन् ।
कांग्रेस नेतृत्वको गठबन्धन ब्यूँताउन भूमिका खेलेको भन्दै उनले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रशंसा समेत गरेका छन् ।
८ दलीय गठबन्धनले बाग्मती प्रदेशका प्रदेशसभा सदस्यहरुलाई राखेको अभिमुखीकरण कार्यक्रममा कांग्रेस महामन्त्री थापाले प्रचण्डलाई अस्थिर, विश्वासघात गर्ने भनेर प्रश्न भइरहेको भन्दै बचाउ गरे । उस्तै परे एमालेले ५ वर्ष प्रधानमन्त्री दिनसक्ने सम्भावनालाई छाडेर आएको भन्दै उनले भने, ‘प्रचण्डलाई प्रधानमन्त्री हुने कुरा नै प्रधान थियो भने यो गठबन्धनमा आइराख्न पर्दैनथ्यो ।’ प्रचण्ड प्रधानमन्त्री पद तलमाथि भएको होस् भनेर आएको भन्दै उनले उनको बचाउ गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पनि एमालेले राष्ट्रपति प्रस्ताव गरेको मात्र होइन, चाहेको भए पार्टी अध्यक्ष नै बनाउँछु भन्नसक्ने उनको आकलन थियो । कांग्रेस पनि सरकार ५ वर्ष नै चलाउनुस्, दुई ठूला दल मिलौँ भन्ने एमालेको प्रस्तावमा प्रवेश गर्न नचाहेको महामन्त्री थापाले सुनाए ।
तर अहिले २५ फागुनपछि जे पनि हुनसक्छ भनेर अल्मल्याउने कोसिस भइरहेको भन्दै उनले भने, ‘कांग्रेसको तर्फबाट महामन्त्रीको हैसियतमा भन्छु, जे समझदारी भएको छ, कांग्रेस सबभन्दा बढी बढी जिम्मेवारीका साथ त्यसमा प्रतिवद्ध रहन्छ ।’ एमालेतर्फ संकेत गर्दै उनले भने, ‘कोही चकचक गर्न नआए हुन्छ, कोही धराप थाप्न नआए हुन्छ ।’

यो पनि पढ्नुहोस्

पुराना मधेशी दलप्रति जनताको भरोसा कमजोर

पुराना मधेशी दलप्रति जनताको भरोसा कमजोर

५ घण्टा अगाडि
वाणिज्य बैंकहरूकाे ५० अर्बभन्दा बढी खुद ब्याज आम्दानी

बैंकहरूको वित्तीय स्थितिमा उल्लेखनीय सुधार

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज दिउँसो कांग्रेसकाे बैठक बस्दै

अमिताभ बच्चन र समर्थकहरुबीच भेटघाट

भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने लक्ष्य

साजन डंगोलकाे दाेश्राे दुर्लभ विश्व कीर्तिमान

बर्दीको मर्यादा, आर्थिक अनुशासन र नागरिक सेवामा सम्झौता हुँदैन : एसएसपी काफ्ले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक