बिहि, भदौ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मिसाइल आक्रमण गरेसँगै इरान-इजरायल संघर्षले नयाँ मोड लियाे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
मिसाइल आक्रमण गरेसँगै इरान-इजरायल संघर्षले नयाँ मोड लियाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा सोमबार मिसाइल आक्रमण गरेसँगै इरान-इजरायल संघर्षले नयाँ मोड लिएको छ ।

इरान-इजरायल द्वन्द्वसँगै विश्वका शक्ति राष्ट्रहरूबीच ध्रुवीकरण तीब्र भएसँगै मंगलबार झिसमिसेमा मध्यपूर्वमा भुसको आगोजस्तै फैलन सुरु गरेको उक्त संघर्षले नयाँ रूप लिएको हो ।

इजरायलको पक्षमा उभिँदै अमेरिकाले पनि इरानका महत्वपूर्ण आणविक केन्द्रहरूलाई निसाना बनाउँदै हमला सुरु गरेपछि मध्यपूर्वमा सुरु भएको तनाव थप विस्तार हुने सम्भावना बढेको थियो ।

तर मंगलबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल पूर्ण युद्धविरामका लागि सहमत भएको दाबी गरेसँगै मध्यपूर्वको विस्तारित सशस्त्र संघर्ष तत्कालको लागि अन्त्य हुने संकेत देखिएको हो ।

आएको छैन इजरायल-इरानको प्रतिक्रिया
यद्यपि ट्रम्पको घोषणापछि पनि अहिलेसम्म इजरायल वा इरानबाट ट्रम्पको पोस्टबारे कुनै प्रतिक्रिया आएको छैन । सँगै, युद्धविराम कार्यान्वयन हुने र यसले थप उपलब्धि हासिल गर्ने कुरामा अहिले नै कुनै निश्चितता छैन ।

रोयटर्सले अमेरिकी स्रोतलाई उद्धृत गर्दै कतारका प्रधानमन्त्री शेइख मोहम्मद बिन अब्दुर्रहमान अल थानीले इजरायल र इरानबीचको द्वन्द्वमा युद्धविरामको प्रस्तावमा तेहरानको सहमति पक्का गरेका उल्लेख गरेको छ । इरानी अधिकारीहरूसँगको फोन संवादमा उनले यस्तो सहमति प्राप्त गरेको समाचारमा उल्लेख छ ।

यो फोन संवाद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका अमीरलाई इजरायलले युद्धविराममा सहमति जनाएको जानकारी गराएपछि भएको बताइएको छ । ट्रम्पले तेहरानलाई पनि युद्धविराममा सहमत गराउन दोहाको सहयोग मागेपछि उक्त संवाद भएको हो ।

इरानले आफ्ना परमाणु ठेगानाहरूमा गरिएका आक्रमणको बदला लिन कतारमा रहेको अमेरिकी अल-उदीद सैन्य केन्द्रमा ६ वटा मिसाइल प्रहार गरेसँगै मध्यरातमा तनाव बढेको थियो । कतारको राजधानी दोहामा धेरैवटा विस्फोटको आवाज सुनिएसँगै विश्वका धेरै देशका हवाई उडानहरू प्रभावित भएका थिए ।

कतारको रक्षा मन्त्रालयले आफ्ना हवाई सुरक्षा प्रणालीमार्फत सबै मिसाइल आक्रमणलाई विफल पार्न सफल भएको र कुनै मानवीय क्षति नभएको दाबी गरे पनि सम्भावित युद्धका कारण मानिसहरू विश्वस्त हुन सकेका थिएनन् ।
कतारले इरानलाई जवाफी कारबाहीको चेतावनी दियो । इरानले पूर्वसूचना दिएर आक्रमण गरेकोले हमला हुनु केही समयअघि कतारले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेको थियो।

मध्यपूर्वकै ठूलो अमेरिकी सैन्य अड्डामा हमला

कतारको अल-उदीद एयरबेस मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यहाँ करिब ८,००० देखि १०,००० अमेरिकी सैनिक तैनाथ छन्।

यो एयरबेस अमेरिकी सेनाको सेन्ट्रल कमान्ड अन्तर्गतको हवाई अभियानहरूको मुख्यालय हो।

यस एयर बेसमा बेलायती सैनिकहरूको पनि पालो-पालो खटाइ हुने गर्छ।

हाल यो एयर बेसले इराकमा भइरहेका अमेरिकी सैन्य अभियानहरूको मुख्यालयको रूपमा काम गरिरहेको छ, साथै यो खाडी क्षेत्रमा अमेरिकी सैन्य सामग्री र आपूर्तिको केन्द्र पनि हो।

यस एयर बेसमा खाडी क्षेत्रमा सबैभन्दा लामो एयर ल्यान्डिङ स्ट्रिप रहेको छ। कतारले सन् २००० मा अमेरिका लाई यो एयर बेस प्रयोग गर्न अनुमति दिएको थियो।

रिपोर्टहरू अनुसार, इरानले इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा पनि मिसाइल प्रहार गरेको छ। १० वटा मिसाइल अल-उदीद एयरबेसतर्फ र एउटा मिसाइल इराकमा रहेका अमेरिकी सैन्य अड्डातर्फ प्रहार गरिएको बताइएको छ।

यसअघि सोही दिन सिरियाको हसाका प्रान्तमा रहेको अमेरिकी सैन्य अड्डामा पनि हमला भएको थियो।

तर, अन्यत्रभन्दा कतारमा रहेको अमेरिकी सैन्य केन्द्रहरू अमेरिकाको लागि निकै महत्वपूर्ण मानिन्छ ।

कतारको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशको सुरक्षास्थिति स्थिर रहेको र चिन्ताको कुनै कारण नरहेको बताएको पनि अमेरिकाले यसलाई सामान्य रूपमा लिएन ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि यी आक्रमणहरूको तत्काल पुष्टि गर्‍यो। उसले इरानले अल-उदीद एयर बेसमा छोटो र मध्यम दूरीका मिसाइलहरू प्रहार गरेको जनाएको छ।

यो पनि पढ्नुहोस्

रुससँगको सम्बन्धको भविष्यप्रति आशावादी

रुससँगको सम्बन्धको भविष्यप्रति आशावादी

२ हप्ता अगाडि
ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक

ड्रोन कार्यदल ‘फाल्कन स्ट्राइक’ गठन गर्ने योजना सार्वजनिक

२ हप्ता अगाडि

कतार होइन, अमेरिकालाई जवाफः इरान

इरानले भने कतार मित्र राष्ट्र भएकोले कतारको आवास क्षेत्रमा नभएर अमेरिकी सैन्य केन्द्रलाई निसाना बनाइएको स्पष्ट पारेको छ । उसले भनेको छ, ‘यो आक्रमणबाट हाम्रो मित्र राष्ट्र र त्यहाँका नागरिकमाथि कुनै खतरा छैन, इरान कतारसँग आफ्नो ऐतिहासिक सम्बन्ध कायम राख्न प्रतिबद्ध छ ।’

इरानले बेञ्जामिन नेतान्याहुले अमेरिकालाई इरानको आणविक केन्द्रमा बमबारी गर्न उक्साएको र उसलाई एउटा महंगो युद्धमा घिसारेको तर्क गरेको छ ।

इरानतर्फबाट सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा भनिएको छ, ‘अमेरिकाले आफ्नै सुरक्षा जोखिममा पारेर केवल नेतन्याहुको रक्षा गरेको छ।’

विश्लेषकहरूले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानी आक्रमणजलाई ‘अपेक्षाभन्दा बाहिरको हमला’ को रूपमा टिप्पणी गरेका छन् ।

लन्डनको किङ्स कलेजको स्कूल अफ सेक्युरिटी स्टडिजका एसोसिएट प्रोफेसर आन्द्रेयस क्रिगले अलजजीरासँग कुरा गर्दै भनेका छन्, ‘कतारको इतिहासमा पहिलो पटक सैन्य हमला भएको छ ।’

इरानले आफूमाथि भएको हमलाको जवाफ दिने विभिन्न विकल्पमध्ये यो रोजेको उनको प्रतिक्रिया छ ।  ‘तर उनीहरूले अनिवार्य रूपमा सबैभन्दा न्यूनतम प्रतिक्रिया रोजेनन्। उनीहरूले मध्यम किसिमको प्रतिक्रिया दिएका छन्। यदि उनीहरूले न्यूनतम प्रतिक्रिया रोजेका भए इराकमा रहेको कुनै सैन्य अड्डामा प्रहार गर्थे,’ उनले भने।

उनले थपे, ‘कतार इरानका लागि निकै महत्त्वपूर्ण देश हो। यो अमेरिका र इरानबीच संवादको पृष्ठभूमिमा मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। यो सम्भावित परमाणु सम्झौतामा पनि केन्द्रीय भूमिकामा छ। कतार र इरानले एउटै ठूलो ग्यास क्षेत्र साझेदारी गरेका छन्, र कतारले यस मामिलामा इरानलाई सहयोग पनि गर्दै आएको छ।’

उनको निष्कर्ष छ, ‘त्यसैले कतारमाथिको हमला आवश्यकता भन्दा परको एक द्वन्द्व चर्काउने कदम हो ।’

विश्व प्रतिक्रिया

युद्ध चर्कने संकेतसँगै इराकी तेल कम्पनीले विदेशी कर्मचारी निकाल्ने घोषणा गरेको छ भने इरानका कतिपय कम्पनीमा तेल उत्पादन प्रभावित भइसकेको छ । इजरायलले विद्यालय र कार्यालयहरू बन्द गर्ने घोषणा गरेको छ । विश्वका कैयौं देशका हवाई उडानहरू प्रभावित भएका छन् ।

बेलायत र फ्रान्सले इजरायल र अमेरिकाको उक्त कदमबाट आफूलाई अलग राख्ने प्रयास गरेका छन्, तर इरानले ती देशहरूलाई समेत चेतावनी दिएको छ।

इरानले भनेको छ, ‘इरानमा निर्दोष नागरिकहरू, विशेषगरी महिला र बालबालिकाको मृत्युका लागि उनीहरू (अर्थात् यी देशहरू र संस्था) पूर्ण रूपमा जिम्मेवार हुनेछन्।’

यसैबीच, चीनका विदेश मन्त्री वाङ यीले इरानमाथि इजरायल र अमेरिकाले गरेका आक्रमणहरूले संसारलाई गलत सन्देश दिएको छ र यसले एक नकारात्मक नमूना प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।

उनले यो संघर्षमा संलग्न सबै पक्षहरूले अवस्था शान्त पार्ने र वार्तातर्फ फर्कने कदम चाल्नुपर्नेमा जोड दिए ।

उता, रूसी विदेश मन्त्रालयले इरानविरुद्ध अमेरिका र इजरायलले गरेको हमलामा ‘हिंसात्मक तनाव वृद्धि’ र ‘उकास्ने कार्यहरू’ तुरुन्त रोक्न आह्वान गरेको छ।

टेलिग्राममा जारी विज्ञप्तिमा मन्त्रालयले भनेको छ, ‘हामी फेरि एकपटक सशस्त्र तनावको विस्तार र उकास्ने कार्य तथा अभिव्यक्ति अन्त्य गर्न आह्वान गर्दछौं। आजको दिनमा, राजनीतिक तथा कूटनीतिक प्रयासमा फर्कनु र अन्तर्राष्ट्रिय कानुनको पालना गर्नु अत्यावश्यक छ।’

विज्ञप्तिमा अमेरिका र इजरायलद्वारा इरानविरुद्ध गरिएको अकारण आक्रमण, खुला रूपमा सरकार परिवर्तनको प्रयास र विभिन्न राष्ट्रहरूको सार्वभौमिकतामाथि हस्तक्षेप तुरुन्त अन्त्य गर्न पनि माग गरिएको छ।

अस्पष्ट ट्रम्प रणनीति

बीबीसीमा प्रकाशित एक रिपोर्टका अनुसार यदि डोनाल्ड ट्रम्पको युद्धविरामसम्बन्धी घोषणा सफल भयो भने यसलाई ट्रम्प प्रशासनले ह्वाइट हाउसको सबैभन्दा महत्वपूर्ण वैदेशिक नीतिगत उपलब्धिको रूपमा दाबी गर्नेछ।

अधिकांश अमेरिकीहरूलाई सरोकार नराख्ने कङ्गोको लोकतान्त्रिक गणतन्त्रसँगको द्वन्द्व अन्त्य गरेको दाबी र पाकिस्तान र भारतबीचको भिडन्त अन्त्य भएको दाबीमा ट्रम्पले आफ्नो विदेश नीतिको सफलता भनिरहनुपरेको छ । तर, युक्रेन र गाजाका युद्ध अन्त्य गर्ने उनका ठूला प्रतिज्ञाहरू अहिलेसम्म पूरा भएका छैनन्।

यही पृष्ठभूमिमा मध्यपूर्वमा युद्धको अन्त्य भयो भने राष्ट्रपति ट्रम्प र उनका समर्थकहरूले ठोस प्रगतिको रूपमा प्रस्तुत गर्नेछन् । अझ इरानको परमाणु कार्यक्रमको अन्त्य गरेको सन्देश दिन सक्दा त यसलाई अघिल्ला राष्ट्रपतिहरू बिल क्लिन्टन, जर्ज डब्लु बुस, बाराक ओबामा र जो बाइडेनले हासिल गर्न नसकेका उपलब्धिका रूपमा चित्रित गर्नेछन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

विदेशी मुद्राको विनिमयदर निर्धारण

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक