काठमाडौं । काराेबारकाे दाेश्राे दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
आइतबारकै भाउमा सुन कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबारका लागि सुनको भाउ तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ । चाँदीको भाउ भने आइतबारको तुलनामा १० रुपैयाँ बढेको छ ।
आइतबार तोलामा दुई हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी दुई हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


