काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा जारी रहेको अवरोध हटाउने विषयमा प्रमुख पाँच दलका सचेतकहरूसँग छलफल गरेका छन् । रास्वपाले सदनमा वेल घेराउ जारी राखेपछि सभामुखले सचेतकहरुलाई छलफलमा लागि बोलाएका हुन् ।
छलफलमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् । त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया पनि सहभागी छन् ।
आजको रास्वपाका सांसदहरु निलो रिबन बाँधेर संसद प्रवेश गरेको थिए । उनीहरुले मानव तस्करीविरुद्ध निलो रिबन बाँधेको बताएका छन् । उनीहरु निलो रिबन बाँधेर संसद बैठकमा सहभागी हुँदा कांग्रेसले आपत्ति जनाएको थियो । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले उनीहरुलाई संसदबाट निष्कासन गर्न माग राखेका थिए ।


