बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेस महाधिवेशन पहिले देश दौडाहामा नेतृ डिला सङ्ग्रौला

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
कांग्रेस महाधिवेशन पहिले देश दौडाहामा नेतृ डिला सङ्ग्रौला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लमजुङ  ।  विधान अनुसार नेपाली कांग्रेसको महाधिवेशन २०८२ मङ्सिर भित्र हुनुपर्छ । तर, विधानमै भएको १ वर्ष थप गर्ने व्यवस्थाले यो मितिमा महाधिवेशन नहुने पक्का भए पनि पार्टीका नेताहरूले आन्तरिक तयारी भने सुरु गरिसकेका छन् । महाधिवेशन २०८३ मङ्सिर भित्र गराउन शीर्ष नेताहरू तयार रहेको बुझिएको छ । यस क्रममा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला पन्त पछिल्लो समय पार्टीको १५औँ महाधिवेशनको तयारी सुरु भएको बताउँछिन् । अहिले नै कुन पदमा महाधिवेशनमा प्रतिस्पर्धा गर्ने छिनोफानो नभए पनि जिल्ला जिल्ला पुगेर आफ्नो माहौल बनाउन उनी सक्रिय रहेकी छन्  ।

देशभरका विभिन्न जिल्लामा सङ्गठन सुदृढीकरण र महाधिवेशनको तयारीलाई तीव्रता दिन कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागकी अध्यक्ष समेत रहेकी  साथीहरूसँगै भ्रमणलाई निरन्तरता दिएकी छन्  । पछिल्लो समय विशेष गरी गण्डकी प्रदेशका मनाङ, लमजुङ, गोर्खा लगायतका जिल्लाहरूमा पुगेर स्थानीय कांग्रेस कार्यकर्ताहरूसँग छलफल र अन्तरक्रिया गरेकी उनले आफ्नो यात्रा केवल महाधिवेशनको तयारीमा मात्र नभई  नेपाली कांग्रेसको वैचारिक दिशा र सङ्गठनात्मक गतिशीलतामा नयाँ ऊर्जा भर्ने प्रयासको रूपमा बुझ्न आग्रह गरिन् ।

गण्डकी प्रदेशको भौगोलिक र सांस्कृतिक विविधताले नेपाली कांग्रेसको सङ्गठनलाई बलियो बनाउन विशेष भूमिका खेल्छ । सङ्ग्रौलाले हालै कांग्रेस नेता तथा पूर्व मन्त्री एन पी साउद, गोविन्द बहादुर शाह, अब्दुल सतार तथा चम्पा खड्का सहित मनाङ, लमजुङ,  गोर्खा र धादिङ  जिल्लाहरूमा पुगेर स्थानीय नेताहरू, कार्यकर्ताहरू र समुदायसँग अन्तरक्रिया गरिन् । यी क्षेत्रहरूमा उनले महाधिवेशनको तयारी, सङ्गठन विस्तार र स्थानीय मुद्दाहरूमा केन्द्रित भई विभिन्न कार्यक्रममा सहभागिता जनाइन् ।

नेपालको दुर्गम हिमाली जिल्ला मनाङमा  उनले स्थानीय कार्यकर्ताहरूसँग भेटघाट गरी सङ्गठनको अवस्थाबारे छलफल गरिन् । उनले मनाङको पर्यटन, जलवायु परिवर्तन र स्थानीय विकासका मुद्दाहरूलाई सम्बोधन गर्दै कांग्रेसको नीतिलाई स्थानीय स्तरमा प्रभावकारी बनाउने उपायहरूबारे छलफल गरेकी थिइन् ।

लमजुङ नेपाली कांग्रेसको बलियो आधार क्षेत्र मानिन्छ।   यहाँ उनले पार्टीको आगामी महाधिवेशनलाई लिएर कार्यकर्ताहरूसँग गहन छलफल गरिन् । उनले विशेष गरी युवा र महिला कार्यकर्ताहरूलाई सङ्गठनमा सक्रिय बनाउन जोड दिइन् । उनले भनिन्, ‘पार्टीको भविष्य युवा र महिलाको काँधमा छ । हामीले उनीहरूलाई नेतृत्वमा ल्याउनुपर्छ, ताकि कांग्रेसले नयाँ पुस्ताको आकाङ्क्षा पूरा गर्न सकियोस् ।’

उनको भ्रमणको मुख्य उद्देश्य मध्ये एक हो—स्थानीय स्तरमा कार्यकर्ताहरूको मनोबल बढाउनु र उनीहरूलाई महाधिवेशनको महत्त्वबारे सचेत गराउनु । गण्डकी प्रदेशका विभिन्न कार्यक्रममा उनले पार्टीको सैद्धान्तिक आधार, लोकतान्त्रिक समाजवाद र समावेशी नेतृत्वको आवश्यकताबारे जोड दिइन् । उनले भनिन्, ‘हाम्रो महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया होइन, यो पार्टीको वैचारिक र सङ्गठनात्मक पुनर्जीवनको अवसर पनि हो ।’

डा.  सङ्ग्रौलाले आफ्नो भ्रमणका क्रममा स्थानीय मुद्दाहरूलाई प्राथमिकता दिइन् । मनाङमा उनले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र पर्यटन विकासको सम्भावनाबारे छलफल गरिन् । लमजुङ र गोर्खामा उनले कृषि, साना उद्यम र बेरोजगारीका मुद्दालाई उठाइन् । यी मुद्दाहरूलाई सम्बोधन गर्न कांग्रेसले स्थानीय स्तरमा प्रभावकारी नीति बनाउनुपर्ने उनको जोड  छ ।

गण्डकी भ्रमणका क्रममा उनले महिला र दलित समुदायका कार्यकर्ताहरूसँग विशेष छलफल  गरिन् । उनले पार्टीको नेतृत्वमा महिलाको सहभागिता ५० प्रतिशत हुनुपर्ने मागलाई पुनः दोहोर्‍याइन् । यो उनको पुरानो अडान हो, जसलाई उनले १४औँ महाधिवेशनको समयमा पनि जोडदार रूपमा उठाएकी थिइन् ।
उनले पार्टीमा सिद्धान्त, सङ्गठन र नेतृत्वबिच तालमेलको अभावले सङ्गठन कमजोर भएको तर्क गर्दै भनिन् ‘नेतृत्वले नीति र सिद्धान्तलाई आत्मसात् गर्नुपर्छ। हामीले केवल सत्ताको खेलमा मात्र ध्यान दिनु हुँदैन, बरु जनताको विश्वास जित्ने नीति र नेतृत्व निर्माण गर्नुपर्छ ।’ उनको यो भनाइले कार्यकर्ताहरू उत्साहित भएको स्थानीय नेताले बताएका छन् ।

सङ्ग्रौलाले साथीहरूसहित अन्य प्रदेशमा पनि आफ्नो अभियान जारी रहने बताएकी छन्।

यो पनि पढ्नुहोस्

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

१ घण्टा अगाडि
दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पिप्ले चोक नजिकै रहेको एक होटलमा आगलागी

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक