शनि, कार्तिक ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शाखा अधिकृत महिमानसिंह विष्टद्वारा बेरितको आदेश बदर गर्न माग

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
शाखा अधिकृत महिमानसिंह विष्टद्वारा बेरितको आदेश बदर गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले पनि उच्च अदालतमा बेरितको आदेश बदर गर्न माग गर्दै निवेदन दिएका छन्।जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि एक लाख धरौटीमा छाड्न दिएको आदेश बदर गर्न माग गर्दै उनले दिएको निवेदनमा शुक्रबार सुनुवाइ हुन लागेको हो।

विष्टले बिहीबार उच्च अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनको सुनुवाइ न्यायाधीशहरू डालकुमार खड्का र सूर्यप्रसाद पराजुलीको इजलासमा हुने भएको हो।रेशम चौधरीले पनि यसअघि विष्टविरूद्ध जिल्ला अदालतको एक लाख धरौटीमा छाड्ने आदेश ठीक नभएको र पुर्पक्षको लागि थुनामै राख्नुपर्ने मागसहित निवेदन दिएका थिए।

चौधरीले दिएको रिटमा जेठ २० गते सुनुवाइ गर्दै न्यायाधीश टंकप्रसाद गुरूङको इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो।सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखामा शाखा अधिकृतको रूपमा कार्यरत विष्टले वैशाख १७ गते अनधिकृत रूपमा सर्वोच्चको लेटप्याड दुरूपयोग गरी प्रहरी र कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेका थिए।

उनले रेशमलाई पक्राउ गरी कारागार चलान गर्नू भन्ने फैसलाको कार्यान्वयन गराउने भन्दै पत्र लेखेका थिए। त्यही पत्रको आधारमा प्रहरीले रेशम चौधरीलाई पक्राउ गरेको थियो। चौधरी आफ्नो नाउपा र जनमत पार्टीको एकीकरण गर्ने समारोहमा सहभागी हुन प्रज्ञा प्रतिष्ठान भवनमा पुग्दा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरी कारागार चलान गरेको थियो।

यसरी कारागार चलान भएपछि सर्वोच्च अदालत प्रशासनले त्यही दिन अर्को पत्र लेखेर विष्टलाई प्रहरी परिसरमा बुझाएको थियो।उनीमाथि अनुसन्धान गरेर जेठ ५ गते जिल्ला अदालत काठमाडौंमा लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो। त्यही दिन जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले एक लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उनले एक लाख रुपैयाँ धरौटी बुझाएर छुटिसकेका थिए।

यो पनि पढ्नुहोस्

भोलिदेखि नेकपाको राष्ट्रिय  जागरण अभियान सुरु

भोलिदेखि नेकपाको राष्ट्रिय  जागरण अभियान सुरु

१२ घण्टा अगाडि
रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

चीनमा ७ म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्नेमा जाेड

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक