आइत, असार १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दिगो र समावेशी खानेपानी आयोजनालाई अझ सशक्त रूपमा अगाडि बढाउँछौँ : मन्त्री यादव

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
दिगो र समावेशी खानेपानी आयोजनालाई अझ सशक्त रूपमा अगाडि बढाउँछौँ : मन्त्री यादव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौँडा (मकवानपुर) । खानेपानीमन्त्री प्रदीप यादवले देशमा दिगो र समावेशी खानेपानीका आयोजनाहरूलाई आगामी दिनहरूमा पनि अझ सशक्त रूपमा अगाडि बढाईने बताउनु भएको छ ।
मंगलबार मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१६ को बृहत शक्ति खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले नेपाली नागरिकलाई सुरक्षित खानेपानी प्रदान गर्नका लागि सरकारले दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई अझ सशक्त रुपमा अगाडि बढाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकार नेपाली नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत रहेको छ । दिगो र समावेशी खानेपानी आयोजनाहरूलाई सशक्त रूपमा अगाडि बढाउने छौँ ।”

यसैगरी मन्त्री यादवले स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी प्राप्त गर्नु प्रत्येक नागरिकको मौलिक अधिकार हो भन्ने मान्यताअनुसार सरकारले खानेपानी क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्दै आएको जिकिर गर्नुभयो ।

“सबैका लागि स्वच्छ पानी भन्ने दृष्टिकोणका साथ सरकार दिगो विकास लक्ष्य  अनुरूप प्रत्येक नागरिकका घरसम्म सुरक्षित, गुणस्तरीय र पर्याप्त मात्रामा खानेपानी पुर्‍याउने लक्ष्यमा प्रतिबद्ध छ । खानेपानी तथा सरसफाइ क्षेत्रलाई सुदृढ, समावेशी र दीर्घकालीन समाधानमुखी बनाइने छ,” मन्त्री यादवले भन्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले आज उद्घाटन गरिएको बृहत शक्ति खानेपानी आयोजनाले यहाँका नागरिकले शक्ति खोलाको सुरक्षित, स्वच्छ एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने छन भन्ने आफुले पूर्ण विश्वास लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “शक्ति खोला मुहानबाट पानी पम्पिङ् प्रणाली मार्फत उक्त क्षेत्रको उच्च भागमा भण्डारण गरी वितरण गरिने छ । यसको जलस्रोत वर्षा र वरपरका साना छहरा तथा भू–गर्भीय स्रोतबाट प्राप्त हुने तथा खोला आसपासका क्षेत्रहरू कृषि तथा बस्तीका लागि उपयुक्त रहने छन् ।”

सो कार्यक्रमका विशिष्ट अथिती एवं प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले बृहत शक्ति खानेपानी आयोजना हेटौँडा लगायत आसपासका हजारौँ घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्‍याउने गहिरो सोच र दीर्घकालीन योजनाको मूर्तरूप भएको बताउनुभयो ।

खानेपानी तथा सरसफाईको दीगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय तीनै तहको संयुक्त प्रयास आवश्यक रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका मानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानी तथा ढल व्यवस्थापन बिभागले सबै स्थानीय तहहरुको खानेपानी, सरसफाई र स्वच्छता कार्ययोजना (वास प्लान) बनाउन सहयोग गरिरहेको छ । उक्त कार्ययोजनाको प्राथमिकता अनुसार संरचना निर्माण पनि निर्माण गर्दैछौँ ।”

बृहत शक्ति खानेपानी आयोजना सम्पन्न भए पश्चात अब यहाँका आठ हजार ७१९ जना लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस आयोजना हेटौडा उपमहानगरपालिका–१६ का नागरिकलाई नियमित र भरपर्दो खानेपानी उपलब्ध गराउने महत्वपूर्ण माध्यम भएको र जसले जनस्वास्थ्यमा सुधार ल्याउने अपेक्षा लिईएको छ । उक्त आयोजना कुल (भ्याट, समेत) रु ६ करोड ६७ लाख ६७ हजार ०६३ दशमलब ९२ को अनुमानित लागतबाट निर्माण सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा राप्रपाका नेता एवं प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंह, बागमति प्रदेशका खानेपानी, उर्जा तथा सिचाईमन्त्री श्यामबहादुर खड्का, प्रदेश सांसद प्रेमबहादुर पुलामी, हेटौँडा उपमहा नगरपालिकाका प्रमुख मीनाकुमारी लामा, खानेपानी मन्त्रालयका सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, उपमहानगरपालिका–१६ का वडाअध्यक्ष रामकृष्ण कोईराला, जनप्रतिनिधि, स्थानीयवासी लगायतको सहभागीता रहेको थियो ।

यो पनि पढ्नुहोस्

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

१५ घण्टा अगाडि
जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

केही स्थानमा मनसुन वायुको प्रभाव

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक