आइत, जेष्ठ १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङलाई

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
कोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङलाई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कोसी प्रोजेक्ट शो केसको उपाधि एक्मी इन्जिनियरिङले हात पारेको छ । आइतबार काठमाडौंमा सम्पन्न फाइनल चरणमा नौं वटा टीमलाई पाखा लगाउँदै एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टरले उपाधि जितेको हो ।
कोसी प्रदेशको पर्यटन प्रवर्द्धनसँगै प्रवर्द्धनात्मक योजनाहरुको खोजी गर्न एलिसन हस्पिटालिटीले आयोजना गरेको कोसी प्रोजेक्ट शो केसको फस्ट रनरअप पुल्चोक इन्जिनियरिङ कलेजको फुल्चोक इयर फाइभ हुँदा सेकेण्ड रनरअप भने नेपाल इन्जिनियरिङ कलेजको एग्रो वस्ती भएको छ ।
प्रतियोगिताको उपाधि हात पार्ने एक्मी कोस्टरले नगद एक लाख रुपैंया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने फस्ट रनरअपले रु ५० हजार तथा सेकेण्ड रनरअपले रु २५ हजार नगद, ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार समेत प्राप्त गर्नेछन् । उनीहरुसँगै प्रतियोगिताका उत्कृष्ट १० टिमले अब उक्त प्रोजेक्टहरुलाई कोसी प्रदेशमा लगानीकर्ता, स्टेक होल्डर्स माझ पुनः प्रदर्शनी गरेपछि पुरस्कार प्रदान गरिनेछ ।
फाइनल चरणमा निर्णायकहरु इन्जिनियर मन्दाकिनी कार्की, बैंकर नवराज सत्याल, आर्किटेक्चर पुनम शाह, युवा व्यवसायी, शैक्षिक परामर्शदाता शिशिर सिंखडा तथा पयर्टन व्यवसायी चन्द्र रिजालले प्रतियोगीहरुको प्रोजेक्टको विस्तृत अध्ययन, अवलोकन र प्रस्तुति हेरेर विषयगत रुपमा नम्बर दिएका थिए ।
नेपालमै पहिलो पटक सिभिल इन्जिनियरिङ र आर्किटेक्चरका विद्यार्थीहरु सम्मिलित प्रतियोगिताले इन्जिनियरिङ र पर्यटनलाई एकापसमा जोडिदिएकोले नविनतम पर्यटकीय क्षेत्रको पहिचान गरेको र पहिचान भएका तथा ओझेलमा रहेका पर्यटकीय स्थलको प्रवद्र्धन गर्दै ग्रामिण पर्यटनलाई समेत उजागर गरिदिएको बताइएको छ ।
लगानीकर्ता, स्थानीय तह अथवा सरकारले प्रोजेक्ट कार्यान्वयन गर्ने तत्परता देखाए त्यसका लागि आवश्यक सहजीकरण समेत गरिने आयोजक एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरले जानकारी दिनुभयो । ३ दिनसम्म चलेको कोसी प्रोजेक्ट शो केसले नेपालको पर्यटन क्षेत्रमा युवापुस्ताहरुलाई आकर्षित गर्नुको साथै मुलुकको अर्थतन्त्र सुधार्न, रोजगारी सृजना गर्न टेवा पुग्ने अध्यक्ष मगरको जिकीर छ ।
प्रतियोगिताको उत्कृष्ट १० मा बियोण्ड द ब्रिज टिम ख्वप इन्जिनियरिङ कलेज, कोशी एक्स्प्लोरर टिम पुल्चोक क्याम्पस, पाथ फाइण्डर टिम पुल्चोक क्याम्पस, केटुपिए टिम पुल्चोक क्याम्पस, विनर टिम पुल्चोक क्याम्पस, स्केच स्क्वायर्ड पुल्चोक क्याम्पस, रुलर रिड्ज विल्डर्स टिम नेपाल इन्जिनियरिङ कलेज छनौट भएका थिए । त्यस अघिको प्रारम्भिक छनौटमा २१ वटा टीमले प्रतिष्पर्धा गरेका थिए ।
फाइनल चरणमा छनौट भएका टिमले कन्सेप्ट पेपरमा तोकिएको स्थल डाँडा बजार, राजारानी, रौता पोखरी, सोलु, सङ्खुवासभा, पानीटार इलाम, सूर्योदय अन्तु इलाम, माई पोखरी, ओखलढुङ्गा लिखु, मुन्धुम सर्किटलगायत क्षेत्रको परियोजनाहरू तयार पारेकोमा सोको डमी प्रदर्शनीमा राखिएको थियो ।
कोसी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतले कोसी प्रोजेक्ट सो केशलाई सहयोग गरेका थिए । प्रतियोगिताको इभेन्ट म्यानेजमेन्ट काफल इभेन्टले गरेको थियो ।

यो पनि पढ्नुहोस्

देशभर विद्युतीय चुल्होबाट खाना पकाउन थाल्याे सबै ट्रान्सफर्मर पड्किने दाबी

देशभर विद्युतीय चुल्होबाट खाना पकाउन थाल्याे सबै ट्रान्सफर्मर पड्किने दाबी

३४ मिनेट अगाडि
सांसद आशिकालाई बैठक कक्ष बाहिर लगे

सांसद आशिकालाई बैठक कक्ष बाहिर लगे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालले अन्तिम खेलमा आज श्रीलंकासँग खेल्दै

आज सुनकाे भाउ बढ्याे

एभरेस्ट टुरिजम अवार्ड सम्पन्न

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक