बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
दाङमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। सर्लाही, बागमती नगरपालिका-४ जिरायत बजारस्थित सडकमा प्र.३-०२-००६ प ७८६८ नम्बरको मोटरसाइकल र बा.५६ प ५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउसो दुर्घटना हुँदा प्र.३-०२-००६ प ७८६८ नम्बरको मोटरसाइकल चालक काठमाडौं महानगरपालिका-२३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धर र बा.५६ प ५२६ नम्बरको मोटरसाइकल चालक रौतहट माधव नारायण नगरपालिका-४ बिसुनपुर्वा बस्ने ३३ वर्षीय नागेन्द्र साह सोनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको चन्द्रनिगाहपुर प्रालि अस्पताल रौतहटमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुबै मोटरसाइकलमा सवार २ जनाको बागमती मोडेल अस्पताल हरिवनमा उपचार भइरहेको छ । सुर्खेत, लेकवेशी नगरपालिका-३ ब्यवारे पुलस्थित सडकमा दशरथपुरबाट लेकफर्सातर्फ जाँदै गरेको क.प्र.०२-००२ प ९७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका-१ बस्ने २० वर्षीय समिर सुनारको मृत्यु भएको छ ।

मंगलबार दिउसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । महोत्तरी, बर्दिबास नगरपालिका-८ क्वार्टर चोकमा प्र.२-०४-००१ प १४९७ नम्बरको मोटरसाइकल र प्र.२-०३-००१ च २५१७ नम्बरको पिकअप एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका-५ 5 बस्ने ३८ वर्षीय अरूण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हाल फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको छ । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ सण्डास्थित सडकमा सुनवलबाट परासीतर्फ आउँदै गरेको लु.१८ प २९४५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय लवकुश चौधरीको मंगलबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सिराहा, गोलबजार नगरपालिका-९ स्थित सडकमा चौहर्वाबाट मिर्चैयातर्फ आउँदै गरेको प्र.२-०१-००१ क ०१७१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-९ गोबिन्दपुर बस्ने महोत्तरी गौशाला नगरपालिका-११ घर भएका ६० वर्षीय हासिम मिया सेखको मृत्यु भएको छ । टिपरले मंगलबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

१६ घण्टा अगाडि
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक