बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सामुहिक लगानीबाट समृद्धिको बाटो तय गर्न सकिने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सामुहिक लगानीबाट समृद्धिको बाटो तय गर्न सकिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिद्धार्थनगर । सामुहिक लगानीबाट नै समृद्धिको बाटो तय गर्न सकिने एक कार्यक्रममा औँल्याइएको छ । सबै तह र स्तरका मानिसहरुको स सानो पूजीँलाई एकिकृत गरेर लगानी गर्ने र यसको सहिढङ्गले व्यवस्थापन गर्न सके महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उहाँहरुको भनाइ छ ।

भिजन लुम्बिनीको दशौं वार्षिकोत्सवको अवसरमा बुटवलमा आयोजित सामुहिक लगानी र समृद्धि विषयक अन्तक्र्रियामा बोल्ने अधिकांश वक्ताहरुले सामुहिक लगानीमा वैदेशिक पूँजी नभइ राष्ट्रिय पूँजीलाई महत्व दिएर अघि बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा बोल्दै भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले वि सं २०७२ सालबाट सुरु भएको भिजनमा कर्पोरेट कल्चर र विधिको शासन स्थापित गर्न खोजिएको बताउनुभयो । उहाँले १० वर्षअघि स्थापित संस्थाले अहिले करिब १० वटा फरकफरक संस्थाको नेतृत्व गरेको र भर्खरै सेती नदीको २५ मेगाघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएर पोखरामा बिजुली उत्पादन समेत भैरहेको बताउनुभयो ।  पोखरेलले बुटवलबाट सुरु भएको भिजनले १६०० जना शेयर सदस्य रहेको र अहिले उर्जा, पर्यटन, वित्त, शिक्षा, स्वास्थ्य, कृषि तथा सुचना प्रविधिका क्षेत्रमा लगानी गरेर अगाडी बढीरहेको बताउनुभयो । पोखरेलले बोल्नेभन्दा पनि काम गरेर देखाउने अभियानमा लागेको बताउनुभयो ।

बुटवलबाट सुरूवात भएको अभियान देशैभर पुगेको बताउँदै उर्जामा गरेको लगानीले प्रतिफल दिन थालेको उल्लेख गर्नुभयो । अब भिजन लुम्बिनीलाई थप विस्तार गरि भिजन नेपालको बृहत अवधारणा बनाइएको उहाँको भनाइ छ ।  कार्यक्रममा भिजन लुम्बिनीका सञ्चालक समिति सदस्य कुलबहादुर केसिले १० वर्षमा नौ वटा विभिन्न क्षेत्रमा कम्पनीहरू स्थापना गरि देशैभर लगानीकर्ताहरूलाई जोडन सफल भएको बताउनुभयो । अब भिजन नेपालमा कम्तिमा २ देखि ५ लाखसम्म लगानी गर्ने गरि सामुहिक भावनामा अगाडी बढ्ने उल्लेख गर्नुभयो । भिजन लुम्बिनी उर्जा कम्पनीका अध्यक्ष सुदिप सिंह अधिकारीले अहिले पोखरा कास्कीमा सेती जलविद्युतमा बिजुली बालेर सफलतापूर्वक काम सकिएको बताउनुभयो । लगानीका सम्भावनाहरू खोज्ने उद्धेश्यका साथ विभिन्न क्षेत्रमा व्यक्तिहरूको उपस्थितिमा अन्तरक्रिया गरिएको सञ्चालक राजिव गौतमले बताउनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा इन्चार्ज शरद वलीले सामुहिक लगानीले आधारभूत तहलाइ समेट्नु सकारात्मक रहेको बताउनुभयो । राप्रपा प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले बुटवलमा अथाह संभावना रहेको र सम्भावना चिनेको मान्छे पोखरेल भएको बताउनुभयो । एमाले रूपन्देही अध्यक्ष यज्ञ गैरेले सामुहिक लगानी सफल भएको उदाहरण भिजन लुम्बिनीले दिएको बताउनुभयो ।  नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष हरिसुन्दर बासी राष्ट्रिय पुजिलाइ महत्व दिन आग्रह गर्नुभयो । नेपाली कांग्रेसका नगर उपसभापति ज्योति भण्डारीले बुटवललाई एक्स्ट्रा बजार बनाउन नयाँ सम्भावनाहरुको खोजी गरिरहनुपर्ने बताउनुभयो ।

वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईले बुटवलबाट जन्मिएको भिजन लुम्बिनीले देशभर नै राम्रो प्रभाव रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्राध्यापक डा.आरसि आचार्य, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, महेन्द्र भुसाल, भिजनका सन्तोष पोखरेल, रास्वपाका नगर सभापति राजन पाण्डे लगायतले बोल्दै भिजनमा भएको सामुहिक लगानीले सबैलाइ प्रतिफल दिएको बताएका थिए ।

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

१४ घण्टा अगाडि

भारतीय सैनिक टोली नेपालमा

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक