शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

बार्सिलोनाले स्पेनिस लालिगा फुटबलको उपाधि जित्याे

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
बार्सिलोनाले स्पेनिस लालिगा फुटबलको उपाधि जित्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । बार्सिलोनाले अन्तिम २ खेल बाँकी हुँदै स्पेनिस लालिगा फुटबलको उपाधि जितेको छ।

बिहीबार राति भएको खेलमा लामिन यामालको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले २८ औं ला लिगाको उपाधि जित्न सफल भयो।

१७ वर्षीय किशोर यामालले दोस्रो हाफमा उत्कृष्ट गोल र असिस्ट गर्दै टिमलाई उपाधि दिलाए। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा यामलले ५३ औं मिनेटमा आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाए। दोस्रो गोल इन्जुरी समयको पाँचौं मिनेटमा सम्भव भएको थियो। यामलको पासमा फर्मिन लोपेजले गोल गरेका थिए।

अन्तिम दुइ खेल बाँकी हुँदा बार्सिलोनाले ७ अङंकको अग्रता बनाएको छ। अब दुबै खेलमा पराजित भएपनि दोस्रो स्थानको रियल भन्दा १ अङ्कले अघि रहने पक्का छ। त्यसअघि पहिलो हाफमा एउटा गाडी समर्थकहरूतर्फ दौडाउँदा १३ जना घाइते भएको जनाइएको छ।

केही समय उक्त घटनापछि खेल रोकिएको भएपनि फेरि सुचारु भयो र ५३औं मिनेटमा यामालको गोलबाट बार्सिलोनाले अग्रता बनायो। सिजनमा यामलले १७ गोल पुरा गरे। खेलको अन्त्यतिर एस्पान्योलका डिफेन्डर लिआन्ड्रो काब्रेना यामालमाथि हातले प्रहार गरेपछि रातो कार्ड पाएका थिए।

कोपा डेल रे र स्पेनिस सुपर कप पहिल्यै जितिसकेको बार्साका लागि यो लिग उपाधिले प्रशिक्षक हान्सी फ्लिकको पहिलो सिजनमै सबै घरेलु उपाधि जित्ने गौरवपूर्ण सफलता दिलायो।

बार्साले जारी सिजनमा सबै ‘एल क्लासिको’ जित्दै दुबै कप फाइनलमा रियल मड्रिडलाई हराउन सफल भयो। प्रशिक्षक फ्लिकले जितपछि भने, ‘हामी सधैं सकारात्मक सोच्थ्यौं र प्रशिक्षणमा पनि त्यसको संकेत पाइन्थ्यो। बार्सामा उपाधि जित्नैपर्छ, र तीन उपाधि जित्नु साँच्चै अद्भुत हो।’

रोचक तथ्य के छ भने बार्साले २१औं शताब्दीमा आफ्नै मैदानभन्दा धेरै पटक उपाधि एस्पान्योलको मैदानमा जितेको छ। सन् २०२३ मा पनि बार्साले त्यही मैदानमा जितेको थियो। सन् २०१३ मा रियल मड्रिड त्यही मैदानमा बराबरीमा रोकिँदा पनि बार्साले उपाधि जितेको थियो। १९९० को दशकपछि बार्साले केवल दुई पटक मात्रै नाउ क्याम्पमै लिग जितेको छ।

बार्साले अब शुक्रबार शहरमा खुला बसमा विजय यात्रा गर्ने जनाइएको छ। उसले अब आइतबारको घरेलु मैदानमा भिल्लारियलविरुद्धको खेलपछि औपचारिक रुपमा उपाधि ग्रहण गर्नेछ।

यो पनि पढ्नुहोस्

बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

बिच कबड्डीको उपाधि भारतीय महिला कबड्डी टोलीले जित्याे

३ दिन अगाडि
आजदेखि सुपर–८का खेल सुरू हुँदै

त्रिवि क्रिकेट रगंशाला खाली गर्न क्यानलाई ३५ दिने अल्टिमेटम

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

आजबाट बागमती करिडोरका अवैध संरचना हटाउन सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक