काठमाडौं । आज सुनको मुल्य तोलाको ५ सयले वृद्धि भएको छ ।
यस दिन छापावाल तोलाको एक लाख ८५ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि हिजो मंगलबार तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो चाँदीको भाउ आज १० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।


