काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा आगलागी हुँदा एक जना महिलाको निधन भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो ।
मृतकको पहिचान खुलेको छैन ।
“ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।” प्रवक्ता बोहराले भने । आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ । आगो नियन्त्रणको पर्यास जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

