बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

४५ मेगावाटको ब्रहायणी जलविद्युत निर्माण सुरु

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
४५ मेगावाटको ब्रहायणी जलविद्युत निर्माण सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ मा ब्रहायाणी हाइड्रोपावर कम्पनीले ४५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ । आयोजनाको सुरुङको मुखमा विस्फोट गराएर निर्माण सुरु गरिएको छ ।

परम्परागत लामा तथा ब्राह्मण बिधिद्धारा पूजाआजा गरेर सुरुङ निर्माण थालिएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरुङ प्रारम्भ हुने मुखको भित्तामा स्विच थिचेर विस्फोट गरेर निर्माण कार्य सुरु गरिएको थियो ।

उक्त पालिकाको वडा नं. २ छिन्दाङबाट ५ दशमलव ५ किलोमिटर सुरुङ निर्माण गरेर ब्रहायणी नदीको पानी तेम्बाथानको दिपुस्थित पावर हाउसमा लगेर बिद्युत् उत्पादन गरिने छ कम्पनीका अध्यक्ष भरत पराजुलीले जानकारी दिनुभयो । आयोजना निर्माणका लागि प्रवेश मार्ग तथा इन्जिनियरिङ क्याम्प निर्माण भएको छ । हाइड्रोपावर निर्माणका आवश्यक संरचना निर्माण भएको छ भने अन्य संरचना निर्माणाधीन छ ।

आयोजना सम्पन्न ९ अर्ब लाग्ने अनुमान गरिएको छ । विशेष परिस्थिति उत्पन्न नभएमा तीन बर्सभित्र आयोजना सम्पन्न हुने जनाइएको छ । आयोजनाले चार किमी नयाँ ट्र्याकसहित २७ किमी प्रवेश मार्ग निर्माण तथा मर्मत गरेको छ । बर्षायाममा समेत काम नरोकिने गरेर व्यवस्थापन मिलाइएको छ । त्यसका लागि अति आवश्यक मेसिन तथा निर्माण सामाग्री सुख्खा मौसममा ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । आयोजना पुग्न एउटा बेलिब्रिज निर्माण गरिएको छ । थप तीन वटा बेलिब्रिज निर्माण गर्न प्रस्ताव गरिएको छ ।

मूल ठेकेदार छनौटमा आयोजना लागेको छ । सानिमा बैङ्कको नेतृत्वमा वाणिज्य बैङ्कहरूले गर्ने सम्झौता भइसकेको छ । सिन्धुपाल्चोकमा उक्त आयोजनासँगै तीन दर्जन बढी जलविद्युत आयोजना छन् । दुई दर्जनका सङ्ख्याका जलविद्युत आयोजनाले बिद्युत् उत्पादन गरिरहेका छन् भने दर्जन बढी सङ्ख्याका आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् ।

जुगल गाउँपालिका र भोटेकोसी गाउँपालिकामा सबैभन्दा बढी जलविद्युत आयोजना सञ्चालनमा छन् । बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, मेलम्ची नगरपालिका लगायतका स्थानीय तहमा हाइड्रोपावरहरू सञ्चालनमा छन् । जलविद्युत आयोजनाहरूले सिन्धुपाल्चोकका सामाजिक कार्यमा सघाउ पुर्याईरहेका छन् । अझै केही नयाँ जलविद्युत आयोजना थपिन लागेका  छन् ।

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

१२ घण्टा अगाडि

भारतीय सैनिक टोली नेपालमा

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक