बिहि, बैशाख १७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालासमेत ६ जनालाई थुनामै राखेर पुर्पक्ष गर्न माग

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालासमेत ६ जनालाई थुनामै राखेर पुर्पक्ष गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालासमेत ६ जनालाई थुनामै राखेर पुर्पक्ष गर्न माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन गरेको मुद्दाको बिहीबारको पेसी स्थगित भएको छ ।

मोरङ अदालतबाट २४ पुसमा भएको धरौटीमा छाड्ने आदेशविरुद्ध पुनरावेदन माग गर्दै सरकारी वकिल कार्यालयले फागुनमा उच्चमा निवेदन गरेको थियो । सहकारी ठगी कसुरको मुद्दा बिहीबार लगाउको कारण पेसी स्थगित भएको हो । अब मुद्दाको अर्को पेसी १ जेठमा हुनेछ ।

गत ११ वैशाखमा भएको सुनुवाइमा उच्च अदालतका न्यायाधीशहरू श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलको राय बाझिएको थियो । मुद्दाको पेसी बिहीबार न्यायाधीश कृपासुर कार्कीको इजलासमा तोकिएको थियो । तर, निवेदकमध्येकी ज्योति बास्कोटाका कानुन व्यवसायीले बिहीबारको पेसी स्थगित गर्न निवदेशन दिएपछि सुनुवाइ स्थगित भएको उच्च अदालत विराटनगरका रजिस्ट्रार जगदीशप्रसाद भट्टले बताए । अब १ जेठमा तोकिएको पेसी पुनः स्थगित नभएमा पहिले आदेश दिने न्यायाधीश पुडासैनी र बास्तोलामध्ये तेस्रो न्यायाधीशले एउटा रायलाई सही ठहर्‍याएर आदेश गर्नुपर्नेछ । यसैले सरकारी वकिलको निवेदनको माग थुनामा राख्नुपर्ने भए पनि अब अञ्जलासहित सबै अभियुक्त धरौटीमा छुट्न सक्नेछन् ।

मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यलयले अञ्जलासहित ६ जना प्रतिवादीलाई थुनामा राखेर आदेश गरिनुपर्ने माग राख्दै २५ फागुनमा उच्चमा निवेदन दिएको थियो । ११ वैशाखमा उच्च अदालतका न्यायाधीशद्वय पुडासैनी र बास्तोलाको राय बाझिएको थियो । पुडासैनीले जिल्लाकै आदेश सदर गर्नुपर्ने आदेश गरेकी थिइन् । बास्तोलाले अभियुक्तहरू अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा जनही एक करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोजकुमार सोनीको हकमा जनही २५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए । सरकारी वकिलको कार्यालयले जिल्लाबाट धरौटीमा छाडिएका अभियुक्तहरूलाई थुनामा राखेर पुर्पक्ष गर्न माग गर्दै मुद्दा पुनरावेदन गरे पनि उच्चका न्यायाधीशद्वय पुडासैनी र बाँस्तोलाको राय भने धरौटी सदर गर्ने वा बदर गरेर बढाउन भन्नेबारे मात्र राय बाझिएको थियो ।

जिल्ला अदालतले बाहिरै बसेर मुद्दा पुर्पक्ष गर्न पाउने गरी २५ पुसमा एमाले सांसद पोखरलपत्नी अञ्जलालाई १० लाख, ज्योतिलाई पाँच लाख, लक्ष्मीदेवीलाई ५० हजार, सुमन लोहनीलाई दुई लाख र मनोजकुमार सोनीलाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । मोरङको धनपालथान गाउँपालिका– ४ स्थित उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार सात सय रुपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो । गत २७ मंसिरमा सहकारीको रकम हिनामिना प्रकरणमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गरिएको थियो ।

यो पनि पढ्नुहोस्

देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति

सरकारले थाल्यो सहकारी समस्या समाधानको काम

४६ मिनेट अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

बालेन अभियान : ऊर्जामा चमत्कार !

५३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

सभामुखसँग राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् भेटवार्ता

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक