सोम, अशोज १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

पाकिस्तानी सेनाले भारतीय क्वाडकप्टर ड्रोन खसाल्याे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
पाकिस्तानी सेनाले भारतीय क्वाडकप्टर ड्रोन खसाल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पाकिस्तानी सेनाले मंगलबार कश्मिरको नियन्त्रण रेखा नजिक भारतीय क्वाडकप्टर ड्रोन खसालेको जनाएको छ । पहालगाम आक्रमणपछि चर्किएको तनावबीच यो घटना भएको हो ।

गत २२ अप्रिलमा भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमा अधिकांश पर्यटक थिए । यो सन् २००० यताकै कश्मिर क्षेत्रमा भएको सबैभन्दा घातक हमला मानिएको छ ।

सुरुमा जिम्मेवारी लिएको ‘कश्मिर रेसिस्टेन्स’ समूहले पछि भने स्पष्ट रूपमा आक्रमणमा संलग्नता अस्वीकार गरेको छ ।

भारतले यो आक्रमणमा सीमा पारको संलग्नता देखाएको छ भने पाकिस्तानले यसको कडा खण्डन गर्दै आएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले एक निष्पक्ष छानबिनको माग गरेका छन्।

पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चार माध्यमहरूले मनावर सेक्टर, भिम्बर जिल्लामा भारतीय ड्रोनले निगरानीको प्रयास गरेको र त्यसलाई पाकिस्तानी सेनाले समयमै कारबाही गर्दै खसाल्न सफल भएको उल्लेख गरेका छन् ।

रेडियो पाकिस्तान र पीटीभी न्यूजले सरकारी सुरक्षास्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएका हुन्।

सुरक्षा स्रोतले यो घटना पाकिस्तानी सेनाको सतर्कता, पेसागत क्षमता र सुरक्षात्मक तयारीको स्पष्ट प्रमाण भएको बताएका छन्। ‘पाकिस्तानी सेना शत्रुको कुनै पनि आक्रमणको तुरुन्त र प्रभावकारी जवाफ दिन सधैं तयार छ,’ समाचारमा भनिएको छ।

यो घटनासँगै पछिल्लो पाँच रातदेखि नियन्त्रण रेखामा भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान भइरहेको खबरहरू आएका छन् ।

यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतबाट सम्भावित आक्रमणको आशंका व्यक्त गर्दै पाकिस्तान तयार रहेको बताएका छन् ।

उनले रोयटर्सलाई भने, ‘हामीले सेना बलियो बनाएका छौं, किनभने अवस्था गम्भीर देखिएको छ। त्यसैअनुसार रणनीतिक निर्णयहरू भइसकेका छन् ।’

एक टीभीसँगको अन्तर्वार्तामा उनले ‘युद्धको खतरा क्षितिजमा देखिन थालिसकेको’ चेतावनी दिए । उनले जिओ न्यूजसँग भने, ‘आउँदो दुई–तीन दिन निर्णायक हुनेछन् ।’

यो पनि पढ्नुहोस्

प्रधानसेनापति बेलायत प्रस्थान

प्रधानसेनापति बेलायत प्रस्थान

२० मिनेट अगाडि
कतारलाई झन्डा हस्तान्तरण गर्दै बिदाइ एशियाली खेलकुद

कतारलाई झन्डा हस्तान्तरण गर्दै बिदाइ एशियाली खेलकुद

३० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

कांग्रेसको विधान संशोधनमा तीन महामन्त्री रहने

कांग्रेसकाे महाधिवेशनमा शीर्ष नेताहरू सहभागी

कतारलाई झन्डा हस्तान्तरण गर्दै बिदाइ एशियाली खेलकुद

न्याय परिषद् बैठक भाेलि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक