आइत, बैशाख २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

निर्वाचनबाट सात राजनीतिक पार्टीहरु राष्ट्रिय दल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
निर्वाचनबाट सात राजनीतिक पार्टीहरु राष्ट्रिय दल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मंसिर ४ मा सम्पन्न निर्वाचनबाट सात राजनीतिक पार्टीहरु राष्ट्रिय दल बनेका छन्। निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी राष्ट्रिय पार्टी बनेका हुन्।

राष्ट्रिय पार्टी बन्न प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनुपर्छ।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ २७ लाख १५ हजार २ सय २५ मत ल्याएको छ। जसबाट ३२ समानुपातिक सांसद थप्दै कांग्रेस ८९ सिटसहित प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनेको छ।

प्रत्यक्षमा ४४ सिट जितेर दोस्रो भएको एमालेले समानुपातिकतर्फ सबैभन्दा बढी २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ। जसबाट ३४ समानुपातिक सांसद थपिँदा एमाले ७८ सिटका साथ प्रतिनिधि सभामा दोस्रो दल बनेको छ। अघिल्लो चुनावमा भने एमाले पहिलो दल बनेको थियो।

प्रत्यक्षमा १८ सिट जितेको माओवादी केन्द्र समानुपातिकतर्फको ११ लाख ७५ हजार ६ सय ८४ मतबाट १४ सिट थपेर ३२ सिटका साथ प्रतिनिधि सभामा तेस्रो शक्ति बनेको छ।

पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट जितेको छ। उसले समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएको छ। जसबाट १३ सिट थप्दै कुल २० सिटका साथ राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल बनेको छ।

राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै आएको राप्रपा राष्ट्रिय राजनीतिको पाँचौँ शक्ति बन्न सफल भएको छ। २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक सिटमा खुम्चिएको राप्रपाले यसपालि ७ सिट जितेको छ। उसले समानुपातिकतर्फ पाएको ५ लाख ८८ हजार ८ सय ४९ मतबाट थप ७ सिट जोडेर कुल सिट संख्या १४ पुर्याएको छ।

राप्रपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका आधारमा प्रतिनिधि सभामा समानुपातिकतर्फ सदस्यहरु चुनिने छन्। संवैधानिक व्यवस्थाअनुसार तीमध्ये राप्रपाले बन्दसूचीमा परेका दुई महिलालाई अनिवार्य प्रतिनिधि सभा सदस्य बनाउनु पर्ने छ।

सबै दलले कम्तीमा ३३ प्रतिशत महिला सांसद अनिवार्य निर्वाचित गराउनै पर्ने संवैधानिक व्यवस्था छ। दलहरुले यो ३३ प्रतिशत अनुपात राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैतर्फ जोडेर पुर्याउनु पर्ने हुन्छ।

प्रतिनिधि सभाका तीन ठूला दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले समानुपातिकतर्फ सांसद बनाउने महिलाको नाम लगभग तय भए पनि राप्रपाले भने नाम अझै तय नभएको जनाएको छ।

‘अहिले नै समानुपातिकतर्फ को–को सांसद बन्नुहुन्छ भन्ने बारेमा टुंगो लाग्ने कुरो होइन,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले नेपालखबरसँग भने, ‘निर्वाचन आयोगले भनेअनुसार पार्टीले क्लस्टरहरुबाट समानुपातिक सांसदमा प्रतिनिधित्व गराउँछ।’

विद्यमान संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभामा आदिवासी–जनजाति २८.७० प्रतिशत, खस–आर्य ३१.२० प्रतिशत, थारु ६.६० प्रतिशत, दलित १३.८० प्रतिशत, मधेशी १५.३० प्रतिशत र मुस्लिम ४.४० प्रतिशत हुनैपर्छ। जसअनुसार विभिन्न क्लस्टरअन्तर्गत बन्दसूचीको पहिलो नम्बरमा नाम समावेश भएका १५ जनाबाट राप्रपाले ७ सदस्य छान्नु पर्ने देखिन्छ।

विभिन्न क्लस्टरअन्र्तगत पहिलो नम्बरमा बन्दसूचीभित्र पर्न सफल बुद्धिमान तामाङ, बिना लामा, सुमित्रा गुरुङ, पशुपति शमशेर जबरा, रोशन कार्की, देवकुमारी पराजुली, कृष्णमाया हिताङ, गिरिधारीप्रसाद चौधरी, शिलाकुमारी थारु, ऋषिबाबु परियार, अनिसा नेपाली, प्रह्लादप्रसाद साह, बिना जयसवाल, अन्जरा आलम र नाजिया खातुन मध्ये ७ जना समानुपातिक सांसद हुने निश्चित छ।

बुद्धिमान तामाङ आदिवासी–जनजाति क्लस्टरअन्तर्गत पुरुषबाट र बिना लामा महिलाबाट पहिलो नम्बरमा पार्टीको बन्दसूचीमा परेका छन्। पशुपति शमशेर जबरा खस–आर्य क्लस्टरमा पुरुषतर्फ र रोशन कार्की महिलातर्फ बन्दसूचीको १ नम्बरमा राखिएका छन्।

पिछडिएको क्षेत्रबाट आदिवासी–जनजाति क्लस्टरअन्तर्गत महिलातर्फ सुमित्रा गुरुङ, खस–आर्य क्लस्टरमा महिलातर्फ कृष्णमाया हिताङ तथा पुरुषतर्फ श्यामबहादुर शाहीको नाम बन्दसूचीको पहिलो नम्बरमा समावेश छ।

खस–आर्य क्लस्टरमा अपाङ्गता भएकाबाट देवकुमारी पराजुलीलाई, थारु क्लस्टरमा पुरुषतर्फ गिरिधारीप्रसाद चौधरी र महिलातर्फ शिलाकुमारी थारुलाई, दलित क्लस्टरमा पुरुषतर्फ ऋषिबाबु परियार र महिलातर्फ अनिसा नेपालीलाई १ नम्बरमा राखेर राप्रपाले बन्दसूची बुझाएको छ।

यस्तै मधेशी क्लस्टरमा पुरुषबाट प्रह्लादप्रसाद साह र महिलाबाट बिना जयसवाल तथा मुस्लिम क्लस्टरमा पुरुषबाट अन्जरा आलम र महिलाबाट नाजिया खातुनको नाम बन्दसूचीमा पहिलो क्रममा सूचीकृत छ।

राप्रपाबाट राजेन्द्र लिङ्देन (झापा–३), धवलशमशेर जबरा (बाँके–२), दीपक बोहरा (रुपन्देही–३), विक्रम पाण्डे (चितवन–३), ज्ञानेन्द्रबहादुर शाही (जुम्ला), दीपकबहादुर सिंह (मकवानपुर–१) र धु्रवबहादुर प्रधान (नवलपरासी–२) प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने सांसदमा पर्दछन्।

दलको नेता सर्वसम्मत चयन गरिने
राप्रपाले संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने तयारी गरेको छ। प्रवक्ता श्रेष्ठले दलको नेता सर्वसम्मत चयन हुने जानकारी दिए। उनले अध्यक्ष लिङ्देन नै दलको नेता हुने पनि दाबी गरे। अध्यक्ष लिङ्देनको नेतृत्वमा चुनावमा गएको राप्रपा ठूलो फड्को मार्न सफल भएका कारण उनी नै दलको नेता हुने श्रेष्ठको भनाइ छ।

‘हाम्रो पार्टीले सर्वसम्मत नै दलको नेता चयन गर्छ। अरु आकांक्षी देखिएका छैनन्,’ उनले नेपालखबरसँग भने, ‘अध्यक्षको नेतृत्वमा चुनावमा गयौं। समाप्त प्रायः भएको पार्टी उहाँकै नेतृत्वमा ठूलो फड्को मार्न सफल भएको छ। अध्यक्ष नै दलका नेता बन्नुहुन्छ।’

उनले एक सिटे राप्रपा १४ सिट पुर्याएर पाँचौँ शक्ति बन्नुको सम्पूर्ण श्रेय अध्यक्ष लिङ्देनलाई जाने पनि जिकिर गरे।

‘यसअघि हाम्रो प्रत्यक्षतर्फ एक सिट मात्रै थियो। हामी राष्ट्रिय पार्टी थिएनौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘आज पाँचौँ ठूलो दल बन्न सफल भएका छौं। अध्यक्षको नेतृत्वमा चुनावमा गयौँ। यसको जस स्वाभाविक रुपमा उहाँले नै पाउनुहुन्छ भन्ने धारणा पार्टीपंक्तिको छ।’

गत मंसिर तेस्रो साता सम्पन्न महाधिवेशनपछि पार्टीले नयाँ नेतृत्व पाएसँगै जनतामा नयाँ विश्वास जागृत भएको राप्रपाको ठहर छ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

४ घण्टा अगाडि
उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

उपत्यकामा अव्यवस्थीत बस्ती हटाउने अभियानको विरोध

४ घण्टा अगाडि

‘गएको मंसिर १९ मा सम्पन्न भएको महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न सफल भयौं। लगभग समाप्तिको दिशामा गएको पार्टी अहिले सकारात्मक सन्देश दिन सफल भएको छ,’ श्रेष्ठले भने, ‘जनमत सिर्जना भयो। राजसंस्था र हिन्दु राष्ट्रका पक्षधर सुषुप्त अवस्थामा थिए। उनीहरु पनि जागरुक भए।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव ल्याइयाे

मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

नेकपा उम्मेदवारलाई विजयी प्रमाणपत्र नदिएको भन्दै आपत्ति

एनआईसी एसिया ए डिभिजन लिगको बैंकिंग पार्टनर बने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक