सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

 ‘माइक्रोसफ्ट एआई स्किल्स  फेस्ट नेपाल’ मा ७०० बढी सहभागी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
 ‘माइक्रोसफ्ट एआई स्किल्स  फेस्ट नेपाल’ मा ७०० बढी सहभागी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । ‘माइक्रोसफ्ट एआई स्किल्स  फेस्ट नेपाल २०२५’ मा ७०० जना भन्दा बढी सहभागी भएका छन्  ।
राष्ट्रिय आविष्कार केन्द्र (आइसिटी ल्याब पोखरा) सँग सहकार्य गरी गत मङ्गलवार (८ अप्रिल) का दिन आयोजित फेस्टिभलमा पोखरा र काठमाडौँमा गरी ५०० भन्दा बढी र दाङमा २०० भन्दा बढी सहभागी भएको केन्द्रका कार्यक्रम अधिकृत इन्द्र ओलीले जानकारी दिए।
पोखराको  पोखरा इभेन्ट सेन्टरमा आयोजित कार्यक्रममा गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन डा कपिल अधिकारी तथा माइक्रोसफ्ट युकेका प्रिन्सिपल इन्जिनियर हरि कृष्ण न्यौपानेले कृत्रिम बुद्धिमत्ता (एआई) का सम्भावना, चुनौती तथा जिम्मेवार एआई लगायतका विषयमा प्रस्तुति दिएका थिए।  त्यस्तै दाङको ज्ञानदीप कलेज तथा राप्ती इन्जिनियरिङ कलेजमा तथा काठमाडौँको  सनवे कलेज तथा सगरमाथा कलेज अफ साइन्स एन्ड तेक्नो टेक्नोलोजीमा प्रत्यक्ष प्रशिक्षण कार्यक्रमहरू आयोजना गरिएका थिए।
अप्रिल ८ को कार्यक्रममा भाग लिने सबै सहभागीहरू ५० दिनको नि:शुल्क एआई सिकाइ तथा शिक्षण यात्रामा सहभागी हुन पाउनेछन् । अप्रिल ८ को उद्घाटन समारोहपछि एआई स्किल्स फेस्ट थप ५० दिनसम्म (मे २८ सम्म) जारी रहनेछ । विद्यार्थी, शिक्षक, व्यवसायी, टेक पेशेवर लगायत एआईबारे जानकारी लिन चाहने जो कोहीले रोचक र चुनौतीपूर्ण तालिमहरू लिन पाउनेछन् ।
चर्चित प्रविधि कम्पनी माइक्रोसफ्टले विश्वव्यापी रूपमा आयोजना गरेको  ‘माइक्रोसफ्ट एआई स्किल्स फेस्ट २०२५’  अस्ट्रेलियामा बिहान ९ बजे सुरु भई अमेरिकामा बेलुका ४ बजे सम्पन्न भएको थियो।  उक्त २४ घण्टे विश्वव्यापी कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स  (एआई) सम्बन्धी सिकाइ गतिविधिहरू समावेश गरिएका थिए।
कार्यक्रम आयोजना गरेर माइक्रोसफ्टले ‘२४ घण्टाभित्र सबैभन्दा धेरै प्रयोगकर्ताले एआईसम्बन्धी ज्ञान लिने गिनिज वर्ल्ड रेकर्ड्स’को उपाधि हासिल गर्न प्रयास पनि गरिरहेको छ  ।यो विश्वव्यापी उत्सवको हिस्सा बन्न माइक्रोसफ्टले संसारभरिका युवाहरूलाई आह्वान गरेको छ ।
सिकाइ यात्रामा ह्याकाथन, प्रत्यक्ष तथा भर्चुअल तालिम, आफ्नो उपयुक्त समयमा अध्ययन गर्न सकिने सामग्री, मागअनुसार तालिम, सामुदायिक कार्यक्रम, ‘माइक्रोसफ्ट लर्न च्यालेन्जेज’ लगायतका थुप्रै गतिविधिहरूमा सहभागी हुन सकिने माइक्रोसफ्ट युकेका प्रिन्सिपल इन्जिनियर तथा राष्ट्रिय आविष्कार केन्द्र नेपालका सल्लाहकार हरिकृष्ण न्यौपानेले जानकारी दिए ।
उनले नेपालमा उक्त फेस्टिभल सफल बनाउन सहयोग गर्ने विभिन्न कलेजहरू, शिक्षक, विद्यार्थी, आइटी उद्यमी लगायत सबैलाई धन्यवाद पनि दिएका छन्।

यो पनि पढ्नुहोस्

नेपाल–भारत सम्बन्धमा नयाँ मोडकाे व्याख्या

२ घण्टा अगाडि
सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक