सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन  एनआरएन अभियन्ता शर्माले गरे अपिल

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन  एनआरएन अभियन्ता शर्माले गरे अपिल

Image processed by CodeCarvings Piczard ### FREE Community Edition ### on 2021-10-29 17:08:41Z | |

2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौँ ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले  बद्री केसी समूहलाई  वार्ता र संवादद्वारा संस्थामा एकताको वातावरण बनाउन पहल गर्न अपिल गरेका छन्।
 केसी समूहले  गत मङ्गलवार एक इमेल पठाउँदै  अन्तर्राष्ट्रिय समन्वय परिषद्का सम्पूर्ण सल्लाहकार, पदाधिकारी, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं अन्य पदाधिकारीहरू लगायत एनआरएन अभियन्ताहरूलाई  १६ अप्रिलभित्र काठमाडौँ आइपुग्न सूचना गरे पछि अभियन्ता शर्माले त्यस्तो अपिल गरेका हुन्।
एनआरएनए उच्चस्तरीय समितिले  मे महिनाको ३,४ र ५ मा काठमाडौँमै एकताको महाधिवेशन गर्न लागेको सन्दर्भमा त्यसलाई नै लक्षित गरेर केसीले आफू निकटस्थलाई काठमाडौँ बोलाएका हुन्  ।
“मैले गत महिना युरोपमा पुग्दा बद्री केसीजी र साथीहरूलाई अप्रिल महिनाको पहिलो साता काठमाडौँमा भेट्न अनुरोध गरेको थिएँ।  अहिले अप्रिल महिनाको दोस्रो साता उहाँहरू काठमाडौँमा भेला हुन लागेको थाहा पाउँदा यसलाई मैले सकारात्मक रूपमा लिएको छु,” शर्माले भने।
भौतिक रूपमा नेपालमा उपस्थितिका लागि अनुरोध गरिएको पत्रमा गैर आवासीय नेपाली संघमा हाल सिर्जना भएको जटिल परिस्थिति तथा यसको निकासको उपायहरू पहिचान गर्न तथा संघले उठान गर्दै आएका विभिन्न मुद्दा एवं विषयवस्तुहरूमा प्रधानमन्त्री केपी ओली, परराष्ट्र मन्त्री आरजु राणा, गृह मन्त्री रमेश लेखक, कानूनमन्त्री अजय चौरसियालाई भेटेर छलफल गर्ने उल्लेख छ । यस्तै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष भेटघाट तथा छलफल पनि गर्ने भनिएको छ ।
“हामीले पटक पटक राजनीतिक नेतृत्व तथा मन्त्रीज्यूहरुलाई भेट्दै आएका छौँ।  त्यसमा खासै आपत्ति छैन।  तर समस्या हामी भित्रै रहेकाले संघभित्रै बृहत् छलफल गरेर एकताको वातावरण बनाउन  म सबै साथीहरूलाई आग्रह गर्दछु,” शर्माले भने।
अभियन्ता शर्माले संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष लगायत उच्चस्तरीय समितिका १३ जना पदाधिकारी सहभागी भएर बैठक गरी समस्याको निकास निकाल्न पनि आग्रह गरे।  “माननीय परराष्ट्र मन्त्रीज्यूले बोलाएको बैठकमा सहभागी हुने तर सम्मानित सर्वोच्च अदालतले गठन गरेको र आफै सदस्य रहेको उच्चस्तरीय समितिको बैठकमा सहभागी नहुने कुरा तर्कसङ्गत छैन।  त्यसैले  उच्चस्तरीय समिति सहित सबै पक्षधर अभियन्ता साथीहरू सहभागी बृहत् बैठक पनि गरौँ र सघन छलफल गरौँ।  त्यसो भयो भने कुन मितिमा महाधिवेशन गर्ने भन्ने विषयमा पनि  सर्वोच्च अदालतले दिएको म्यान्डेट पालना गर्ने गरी निकास निकाल्न सकिन्छ,”  शर्माले भने।
अभियन्ता शर्माले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक पत्राचार गर्दा पनि संघको सचिवालय उपलब्ध नगराइएकोमा दुख व्यक्त गरे।  उनले सर्वोच्चको निर्देशन बमोजिम उच्चस्तरीय समितिलाई एमआइएस प्रणाली लगायत सचिवालयमा  पहुँच दिन आग्रह गरे।  यसबाट वातावरण सहज हुने र निकास निकाल्न पनि मदत पुग्ने उनले बताए।
“एउटा सामाजिक संस्थामा सधैँ भरि लडाई झगडा गर्दा कसैलाई पनि फाइदा छैन।  यसले संस्थाको साख ध्वस्त हुने स्थिति बनेको छ।  त्यसैले आआफ्नो इगो र स्वार्थ भन्दा माथि उठेर संस्थाको गरिमा र संसारभरिका  एनआरएनहरूको हितलाई केन्द्रमा राखेर वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन म सबै साथीहरूलाई आग्रह गर्दछु,” शर्माले भने।

यो पनि पढ्नुहोस्

नेपाल–भारत सम्बन्धमा नयाँ मोडकाे व्याख्या

२ घण्टा अगाडि
सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक