शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री भारत भ्रमण नेपालको राष्ट्रिय हित दृष्टिले उपलब्धिविहीन

धारणा न्यूज by धारणा न्यूज
९ मिनेट अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री भारत भ्रमण नेपालको राष्ट्रिय हित दृष्टिले उपलब्धिविहीन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको हालैको भारत भ्रमण नेपालको राष्ट्रिय हित, स्वाभिमान र सीमा सरोकारका दृष्टिले उपलब्धिविहीन रहेको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाएको आरोप लगाए । विगतमा राष्ट्रियताको विषयमा चर्को अभिव्यक्ति दिने प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपालको सीमा विवादबारे समेत प्रभावकारी रूपमा कुरा उठाउन नसकेको उनको धारणा छ ।

‘प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनाएको छ,’ पोखरेलले भने, ‘काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर नेताहरूमाथि व्यङ्ग्य गर्नुहुन्थ्यो । हरेक भ्रमणमा उहाँले अर्ती–उपदेश दिनुहुन्थ्यो । अस्ति उहाँ भारत भ्रमणमा जानुभयो । नेपालको हित र सरोकारका विषयमा केही कुरा राख्न सक्नुभएन ।’

पोखरेलले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका विवादित सीमा क्षेत्रका विषयमा भ्रमणका क्रममा छलफलसमेत नभएको दाबी गरे । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पनि ती विषय भ्रमणको एजेन्डामा नरहेको बताएको उनको धारणा छ ।

त्यस्तै, नेपाल–भारत सम्बन्ध पुनरावलोकनका लागि तत्कालीन एमाले नेतृत्वको सरकारका पालामा गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन बुझ्न भारत तयार नभएको विषयमा पनि प्रधानमन्त्रीले प्रभावकारी पहल गर्न नसकेको उनले आरोप लगाए । उक्त प्रतिवेदन स्वीकार गरी कार्यान्वयनको प्रक्रियामा लैजान आग्रह गर्नुपर्नेमा सरकार चुकेको पोखरेलको टिप्पणी छ ।

पोखरेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई रुटको विषयमा समेत प्रधानमन्त्रीको भारत भ्रमणबाट ठोस सहमति हुन नसकेको जनाए ।

उनका अनुसार विगतमा हवाई रुट उपलब्ध नहुँदा समस्या रहेकोमा अहिले उडानको उचाइसम्बन्धी विषयले थप जटिलता निम्त्याउन सक्ने अवस्था देखिएको छ ।

‘हिजो हवाई रुट नदिएर अड्किएको थियो, आज उडानको उचाइ कति हुने भन्ने बहसका नाममा नेपालले प्रयोग गर्न नपाउने स्थिति उत्पन्न हुन सक्छ,’ उनले भने ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

प्रधानमन्त्री र रास्वपाका सभापतिबीच भेटवार्ता

६ दिन अगाडि
प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

प्रधानमन्त्रीको २ दिने भारत भ्रमण तालिका सार्वजनिक

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

पूर्व मुख्यसचिव पक्राउ

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक