बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट

धारणा न्यूज by धारणा न्यूज
६ मिनेट अगाडि
0
अस्ट्रेलियामा आगलागीबाट घरहरू नष्ट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिड्नी । अस्ट्रेलियाको दक्षिणपूर्वी फ्लिन्डर्स टापुको १० प्रतिशतभन्दा बढी भूभागमा फैलिएको डढेलोले घरहरू नष्ट गर्नुका साथै वन्यजन्तुलाई विस्थापित गरेको छ । आगलागीका कारण सडक बन्द गर्नुपरेको आपत्कालीन सेवाले बिहीबार जनाएको छ ।

तस्मानियाबाट ५० किलोमिटर उत्तरपूर्वमा रहेको टापुको उत्तरी क्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्न अग्निनियन्त्रकहरू प्रयासरत छन् । बासिन्दाहरू १० मिटर अग्लो आगोबाट जोगिन सुरक्षित स्थानमा आश्रय लिइरहेको तस्मानिया अग्नि सेवाका क्षेत्रीय प्रमुख स्टिभ रिचर्डसनले जनाउनुभएको छ ।

प्रतिकूल मौसमका कारण हालैका दिनमा आगोको नजिक पुग्न निकै जोखिमपूर्ण बनेको उहाँले जनाउनुभयो । मौसममा सुधार आएपछि अग्निनियन्त्रकहरूले नियन्त्रणका लागि रेखा निर्माण गर्ने काम अघि बढाउने उहाँले जानकारी दिनुभयो ।

आगलागीबाट छवटा संरचना क्षतिग्रस्त वा नष्ट भएका छन् भने आगो निभाउन छवटा हेलिकप्टर परिचालन गरिएको छ । “यो टापुको सबैभन्दा ठूलो आगलागी नहुन सक्छ, तर सबैभन्दा महत्त्वपूर्णमध्ये एक हुनेछ”, उहाँले सञ्चारमाध्यमलाई भन्नुभयो ।

आगलागीबाट वन्यजन्तुहरू पनि विस्थापित भएका छन् । स्थानीय बासिन्दा एलन ह्वेटलीले सडकमा साना पोसमहरू देखिएको बताउँदै यसपटक आगो निकै तीव्र गतिमा फैलिएको उल्लेख गर्नुभयो ।

अर्का स्थानीय बासिन्दा जेमी ब्रोसार्डले आगलागीमा सम्पत्ति गुमाएका मानिसहरूप्रति दुःख व्यक्त गर्दै अवस्था झन् बिग्रँदै गएको जनाउनुभयो ।

अस्ट्रेलिया लामो समयदेखि विनाशकारी डढेलोको जोखिममा रहँदै आएको छ । सन् २०१९ को अन्त्यदेखि सन् २०२० को सुरुसम्म फैलिएको ‘ब्ल्याक समर’ डढेलोले लाखौँ हेक्टर वन क्षेत्र नष्ट गर्नुका साथै हजारौँ घर ध्वस्त पारेको थियो ।

वैज्ञानिकहरूका अनुसार मानवीय गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनले ‘ब्ल्याक समर’ जस्ता विनाशकारी आगलागी हुने सम्भावना औद्योगिक युगअघिको तुलनामा दोब्बर बनाएको छ । एएफपी

यो पनि पढ्नुहोस्

कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

५ घण्टा अगाडि
प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्व मुख्यसचिव पक्राउ

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

आनी नियुक्तको सूचना दिन आनाकानी

स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक