शुक्र, कार्तिक १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको नयाँ ठेक्का प्रक्रिया अघि बढ्याे

धारणा न्यूज by धारणा न्यूज
२० मिनेट अगाडि
Reading Time: 1 min read
0
माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको नयाँ ठेक्का प्रक्रिया अघि बढ्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । तीन दशकदेखि निर्माणको प्रतीक्षामा रहेको झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकको माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको नयाँ ठेक्का प्रक्रिया अघि बढेको छ।

ध्बतअज इल
ँबअभदययप त्ष्पतयप थ्यगतगदभ क्ष्लकतबनचबm त्धष्ततभच
लामो समयदेखि अलपत्र रहेको उक्त सडक खण्डको ठेक्का स्वीकृत गर्ने आशयको सूचना पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन दमकले प्रकाशित गरेको छ।

भ्हतचझभ भ्लभचनथ
डिभिजनका अनुसार नयाँ ठेक्काका लागि प्राप्त बोलपत्रको मूल्याङ्कन सम्पन्न भएको छ। मूल्याङ्कनपछि महालक्ष्मी–जय धनञ्जय जेभी, काठमाडौंको १ अर्ब २२ करोड ७९ लाख ४४ हजार ८७२ रुपैयाँ ६१ पैसाको बोलपत्र प्रारम्भिक रूपमा छनोट भएको छ।

करिब २५।५ किलोमिटर लामो यो सडक खण्ड तीन वर्षभित्र कालोपत्रे गर्ने लक्ष्य राखिएको छ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लामो समयदेखि अलपत्र सडकको निर्माण प्रक्रिया अघि बढाउनुलाई आफ्नो प्रतिबद्धता कार्यान्वयनतर्फको महत्त्वपूर्ण कदम बताएका छन्।

यो सडक खण्ड कालोपत्रे गर्न यसअघि २०७६ फागुनमा तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर, मन्त्रालयले पटक(पटक ताकेता, पत्राचार र सूचना जारी गर्दा पनि निर्माण व्यवसायीले काम अघि नबढाएपछि सरकारले सम्झौता अन्त्य गरेको थियो।

ठेक्का अन्त्यसँगै कार्यसम्पादन जमानत जफत गर्ने, बाँकी काम सम्पन्न गर्न लाग्ने रकम सरकारी बाँकीसरह असुलउपर गर्ने र सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने निर्णयसमेत गरिएको थियो।

सरकारको ठेक्का अन्त्य गर्ने निर्णयविरुद्ध निर्माण व्यवसायी अदालत पुगेपछि कानुनी प्रक्रियाका कारण नयाँ ठेक्का अघि बढाउन ढिलाइ भएको थियो। कानुनी प्रक्रिया र विभिन्न विवादको निरूपण, स्रोत सहमति, लागत अनुमान तथा डिजाइन अद्यावधिक गर्ने काम पूरा भएपछि पुनः ठेक्का आह्वान गरिएको मन्त्री लम्सालले बताएका छन्।

दमक–चिसापानी सडकको कालोपत्रे प्रधानमन्त्री बालेन शाहको झापा निर्वाचन क्षेत्र नम्बर ५ को चुनावी प्रतिबद्धतामा समेत समेटिएको थियो। स्थानीयवासीका लागि वर्षौंदेखि सास्तीको विषय बनेको यो सडक राजनीतिक दलका चुनावी एजेन्डामा पनि पटक(पटक पर्दै आएको छ।

नयाँ ठेक्काको आशयपत्र प्रकाशित भएसँगै अब ठेक्का स्वीकृति र सम्झौतासम्बन्धी प्रक्रिया पूरा गरेर निर्माण अघि बढ्ने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्

मेघगर्जन चट्याङसहित वर्षा हुने

मेघगर्जन चट्याङसहित वर्षा हुने

१५ मिनेट अगाडि
पीसीसी बैठकमा पछिल्लो घटनाक्रमबारे ४ घण्टा छलफल

पीसीसी बैठकमा पछिल्लो घटनाक्रमबारे ४ घण्टा छलफल

२२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सर्वोच्चले माग्यो सरकारसंग कारण, अस्थायी शिक्षकको रिटमा पेशी तोकियो

शेयरबजार परिसूचक नेप्से ३१.५४ अंक बढ्याे

नेपाल शिक्षक महासंघले विचौलियाको भूमिका खेल्दा आन्दोलन तुहियोः अध्यक्ष विष्णु खत्री

डीआईजीलाई प्रहरी हेडक्वाटर बोलाइयो

चलचित्र ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक