कृष्णानगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–२ स्थित महेन्द्र पार्क नजिकबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका सेक्स टोय (यौन खेलौना) सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार २०८३ साल कात्तिक ११ गते बिहान ११:३० बजे प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको पाँच जनाको प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो।
प्रहरी टोलीले कृष्णनगर नगरपालिका–२ स्थित महेन्द्र पार्क नजिक बेवारिसे अवस्थामा फेला पारेका सामानहरू कानुनी प्रक्रिया पूरा गरी आवश्यक कारबाही तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कृष्णनगरमा ल्याएर राखेको छ।बरामद गरिएका सामानको कुल मूल्य रु. २२ लाख ९२ हजार १०० रहेको प्रहरीले जनाएको छ।
बरामद सामान थप अनुसन्धानपछि आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाउने पहल भइरहेको प्रहरीले जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।


