शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ब्रिटाकोफ सम्मेलनमा सदस्य राष्ट्रहरूबीच सहमति

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
ब्रिटाकोफ सम्मेलनमा सदस्य राष्ट्रहरूबीच सहमति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । डिजिटल अर्थतन्त्रको विस्तारसँगै कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउन सातौँ बेल्ट एण्ड रोड इनिसिएटिभ कर प्रशासन सहयोग मञ्च (ब्रिटाकोफ) सम्मेलनमा सदस्य राष्ट्रहरूबीच सहमति भएको छ ।

इन्डोनेसियाको राजधानी जकार्तामा अक्टोबर १३ देखि १५ सम्म आयोजित सम्मेलनमा डिजिटल अर्थतन्त्रको कराधान, डिजिटल प्लेटफर्ममा आधारित आर्थिक गतिविधिको नियमन, स्रोत मुलुकको कराधिकार संरक्षण र कर प्रशासनमा आधुनिक प्रविधिको प्रयोगबारे छलफल भएको थियो ।

‘स्मार्ट कर प्रणाली, साझा समृद्धिमा साझेदारी’ नारासहित आयोजित सम्मेलनमा नेपालबाट आन्तरिक राजस्व विभागको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै आन्तरिक राजस्व विभागका महानिर्देशक तथा ब्रिटाकोफका निवर्तमान अध्यक्ष डा. भीष्मकुमार भुसालले डिजिटल अर्थतन्त्रको विस्तारसँगै कर प्रणालीलाई आधुनिक, न्यायपूर्ण, स्वचालित, पारदर्शी र करदातामैत्री बनाउन आवश्यक रहेको बताए ।

उनले सन् २०२५ मा काठमाडौंमा सम्पन्न छैटौँ सम्मेलनबाट अघि सारिएका रणनीतिक कार्यढाँचाले सदस्य राष्ट्रका कर प्रशासनलाई मानकीकृत र आधुनिक बनाउन आधार तयार गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय असल अभ्यासको आदानप्रदान र सहकार्यमा जोड दिए ।

सम्मेलनले कर प्रशासन र करदाता सेवा सुधारका लागि दुई रणनीतिक दस्तावेज, ‘ट्याक्स एडमिनिस्ट्रेसन प्रोडक्ट पोर्टफोलियो’ संस्करण २.० र ‘ट्याक्सपेयर सर्भिस प्रोडक्ट पोर्टफोलियो’ संस्करण २.० स्वीकृत गरेको छ । ती दस्तावेजमा डिजिटल अर्थतन्त्रअनुकूल कर प्रशासन विकास, करदाता सेवाको डिजिटलीकरण, कृत्रिम बौद्धिकताको प्रयोग र करदाताका अधिकारको संरक्षणलाई प्राथमिकता दिइएको छ ।

त्यस्तै, सदस्य राष्ट्रको कर सुशासन क्षमता बढाउन तत्काल कार्यान्वयन गर्न सकिने २० वटा सहयोगी सामग्रीको संग्रह अनुमोदन गरिएको छ । कर प्रशासनसम्बन्धी तालिम, प्राविधिक ज्ञान र व्यावहारिक सीप विकासका लागि ब्रिटासेजअन्तर्गत नयाँ पाठ्यक्रम थप गर्नुका साथै सन् २०२६ को वार्षिक प्रतिवेदनसम्बन्धी काम पनि अघि बढाइएको छ ।

सम्मेलनको दोस्रो दिन आयोजित ‘नयाँ आर्थिक स्वरूपमा कर सुशासन र अन्तर्राष्ट्रिय सहकार्य’ विषयक सत्रमा आन्तरिक राजस्व विभागकी निर्देशक लक्ष्मी पराजुलीले नेपालको अनुभवमा आधारित कार्यपत्र प्रस्तुत गरिन् ।

उनको कार्यपत्रमा नेपालले कार्यान्वयनमा ल्याएको डिजिटल सेवा कर, गैरबासिन्दा विदेशी डिजिटल सेवा प्रदायकका लागि मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता व्यवस्था र स्वदेशी राइड सेयरिङ प्लेटफर्ममा आबद्ध सेवा प्रदायकका लागि लागू गरिएको सहुलियतपूर्ण भ्याट प्रणालीका व्यावहारिक पक्ष समेटिएका थिए ।

परम्परागत भौतिक उपस्थितिमा आधारित कर कानुनले मात्रै डिजिटल अर्थतन्त्रका गतिविधिलाई प्रभावकारी रूपमा समेट्न नसक्ने उल्लेख गर्दै उनले स्रोत मुलुकको कराधिकार संरक्षणका लागि अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको बताइन् ।

सम्मेलनका क्रममा नेपाली र हङकङको प्रतिनिधिमण्डलबीच द्विपक्षीय बैठक पनि भएको थियो । आन्तरिक राजस्व विभागका अनुसार बैठकमा नेपाल र हङकङबीच दोहोरो करमुक्ति सम्झौतासम्बन्धी प्रस्तावित वार्ता आगामी जनवरीमा आयोजना गर्ने र त्यसका प्राविधिक तयारीलाई तीव्रता दिने विषयमा सहमति भएको छ ।

सम्मेलनको आठौँ संस्करण सन् २०२७ मा ताजिकिस्तानमा आयोजना गर्ने निर्णयसमेत भएको छ । नेपालले सम्मेलनबाट प्राप्त अन्तर्राष्ट्रिय असल अभ्यास र बहुपक्षीय सहकार्यलाई आन्तरिक राजस्व परिचालन, नीतिगत आधुनिकीकरण तथा स्रोत मुलुकको कराधिकार सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यो पनि पढ्नुहोस्

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

२ मिनेट अगाडि
सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध

सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध

९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

ठगी नियन्त्रण गर्न नयाँ संरचना अघि बढ्याे

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक