आइत, कार्तिक ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कुटनीतिक मर्यादाविपरितका आरोपहरूको बचाउ

धारणा न्यूज by धारणा न्यूज
१ हप्ता अगाडि
0
कुटनीतिक मर्यादाविपरितका आरोपहरूको बचाउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएका घरेलु हिंसा, आर्थिक लेनदेन तथा कुटनीतिक मर्यादाविपरितका आरोपहरूको बचाउ गरेका छन्।

संघीय संसदको संसदीय सुनुवाई समितिको बुधवारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले १३ वर्ष पुरानो व्यक्तिगत विवादलाई अतिरञ्जित बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको दाबी गरे।

संसदीय सुनुवाई समितिमा रास्वपाका सांसद मधुकुमार चौलागाईंले प्रस्तावित राजदूत सुनारविरुद्ध परेका उजुरी उद्धृत गर्दै श्रृङ्खलाबद्ध प्रश्न गरेका थिए । सांसद चौलागाईंले महिलामाथि घरेलु हिंसा गरी ललितपुर प्रहरीमा मिलापत्र गरेको, दलित अभियन्ताका नाममा करोडौँ रुपैयाँ असुलेको, नेपाल प्रहरीका डिआइजीलाई एआइजी बनाइदिने भन्दै रकम उठाएको र सांसद बनाइदिने प्रलोभनमा ठगी गरेको विषयमा स्पष्टीकरण माग गरेका थिए ।

ती विषयमा सुनुवाइ समितिमा उजुरी समेत परेको छ।

‘हाम्रो नेपाल पार्टी’ को केन्द्रिय सदस्य रहेको तथा जर्मनीबाट ‘डिपोट’ भएको विषयले देशको कूटनीतिक छविमा पार्ने असरबारे पनि सांसद चौलागाईंले जवाफ मागेका थिए ।

नेकपाका सांसद वर्षमान पुनले समितिमा प्राप्त उजुरीकर्ताको भनाइ सुनेको उल्लेख गर्दै सुनारलाई आफ्नो नाम फिर्ता लिन सुझाव दिए। उनले भने, ‘हामीकहाँ आएको उजुरी उजुरीकर्ताको कुरा लाइभ नै सुनेको हो। उहाँको कुरा सुन्न नसकिने भन्ने हुँदैन। तपाईंले कन्फिडेन्ससाथ कुरा राख्नुभयो, तर तपाईंको कन्फिडेन्सजस्तो अवस्था छैन।’

त्यस्तै रास्वपाका सांसद दीपक बोहोराले सुनारले सांसद पदका लागि आवेशन दिनू नै त्रुटी भएको टिप्पणी गरेका थिए।

रास्वपाकै सांसदहरु गजला समीम मिकरानी, पुनम अग्रवालले पनि पुनले दिएको सुझाव मान्न आग्रह गरेका थिए।

एमाले सांसद पद्मा अर्याल र सांसद प्रेम दंगालले पनि उनीमाथि लागेका आरोपको गम्भीरतामाथि प्रश्न उठाउँदै राजदूत नियुक्तिका लागि नैतिक चरित्र उच्च हुनुपर्ने स्मरण गराएका थिए।

जवाफमा प्रश्तावित राजदूत सुनारले आफूमाथि कुनै पनि प्रहरी कार्यालयमा उजुरी (एफआईआर), पक्राउ पुर्जी वा अदालतबाट सजाय नभएको जनाए।

उनले आफू दशकौँदेखि महिला हिंसाविरुद्धको अभियानमा सक्रिय रहेको दाबी गर्दै ५ हजारभन्दा बढी महिलालाई आत्मरक्षाको तालिम दिएको तथा दर्जनौँ लेख र पुस्तक प्रकाशन गरेको विवरण पेश गरे।

विगतमा एक महिलासँग टेलिफोनमा भनाभन भएको विषयलाई महिला हिंसाको रूप दिएर उजुरी गरिएको उनको दाबी छ। सुनारले ओशो तपोवनसम्बन्धी पुरानो विवादमा अदालतबाट मुद्दा हारेकी एक महिलाले प्रतिशोध साँधेर आफ्नो वृत्तिविकास रोक्न निरन्तर प्रयास गरेको आरोप लगाए।

उनले प्रक्रियाबाट बाहिरिन दिएको सुझावलाई अस्वीकार गरे।

आफ्नो सामाजिक योगदान स्मरण गराउँदै सुनारले मेलम्ची खानेपानी आयोजनामा ‘सोसल सेफगार्ड विज्ञ’ का रूपमा खेलेको भुमिका तथा २०७२ को विनाशकारी भूकम्पका बेला २०–२५ जनाको उद्धार गरेको फेहरिस्त सुनाए। दलित अधिकार, अन्तरजातीय विवाह र लैङ्गिक समानताका क्षेत्रमा अध्ययन–अनुसन्धान गरिरहेको बताउँदै उनले आफूमाथि लागेका आर्थिक तथा राजनीतिक आरोपहरू निराधार रहेको दाबी गरे।

यो पनि पढ्नुहोस्

विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित

आज कोजाग्रत पूर्णिमा

३ घण्टा अगाडि
नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

म्याग्दीको सडक पुनर्निर्माण गर्न नौ करोड रुपैयाँ लाग्ने

नेपालको पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

आज कोजाग्रत पूर्णिमा

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक