शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विवादित अडियो प्रकरणमा संलग्नता नरहेको दाबी

धारणा न्यूज by धारणा न्यूज
१९ घण्टा अगाडि
Reading Time: 1 min read
0
विवादित अडियो प्रकरणमा संलग्नता नरहेको दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाएका छन् ।

एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुको साथै धम्कीपूर्ण भाषा प्रयोगको दाबी गर्दै अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् ।

यस प्रकरणमा उठेका प्रश्नको लिखित प्रतिक्रिया दिन रास्वपा केन्द्रीय अनुशासन आयोगले मंगलबार सुनारलाई पत्र पठाएको थियो । आयोगमा जवाफ पठाउँदै सुनारले आफूमाथि लगाएको आरोप अस्वीकार गरेको आयोगका एक सदस्यले रातोपाटीलाई जानकारी दिए ।

‘तोकिएकै समयमा उहाँ(खगेन्द्र सुनार)ले लिखित प्रतिक्रिया दिनुभएको छ । पत्रमा आफूमाथि लागेको आरोप अस्वीकार गर्नुभएको छ’, रातोपाटीसँग ती सदस्यले भने, ‘आरोप स्वीकार गरेको भए कारबाही प्रक्रिया अगाडि बढ्थ्यो । उहाँले स्वीकार पनि गर्नुभएको छैन । पीडित पक्षबाट उजुरी पनि नआएकाले स्वतन्त्र छानबिन प्रक्रिया अगाडि बढाउँछौँ ।’

आपत्तिजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरी महिलासँग ‘ब्ल्याकमेलिङ’ गरेको सुनिने अडियो सोमबार जनआस्थाले सार्वजनिक गरेको थियो । उक्त अडियोलाई लिएर चौतर्फी आलोचना बढेपछि रास्वपाले सत्यतथ्य अनुसन्धान गरी छानबिन प्रक्रिया अगाडि बढाउन पार्टी अनुशासन आयोगलाई निर्देशन दिएको थियो ।

अयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले पहिलो चरणमा लिखित प्रतिक्रिया लिने काम सम्पन्न भएको र दोस्रो चरणको छानबिन प्रक्रिया अगाडि बढेको बताए ।

‘विषयवस्तुको गाम्भीर्य र अति संवेदनशील विषय भएको हुनाले उहाँको लिखित प्रतिक्रियाको अलावा दोस्रो चरणको छानबिन प्रारम्भ भएको छ’, उपप्रमुख भट्टराईले भने ।

दोस्रो चरणमा अडियो प्रदायक(वास्तविक स्रोत)सम्म पुगी प्रमाण सङ्कलन गर्ने, कागजात मगाउने कामको प्रारम्भ भएकाले त्यसका लागि सम्बन्धित मिडिया हाउससँग पत्राचार गर्ने उनले बताए । भट्टराईले भने, ‘उहाँ(खगेन्द्र सुनार)सँग उठेका प्रश्नको सन्दर्भमा सम्बन्धित कुराको प्रमाण सङ्कलन भइराखेको छ । आवश्यक परे विशेषज्ञको राय, भेरिफेकेसन गर्न सकिने छ । अनुसन्धान गहिराइसम्म पुग्न र चुस्त दुरुस्त वस्तुनिष्ठ छानबिनको लागि छुट्टै विशेष छानबिन समिति गठन गरेको छ ।’

उपप्रमुख भट्टराईकै संयोजकत्वमा आयोगका सदस्यहरू रहेको छ उनले जानकारी दिए । उनका अनुसार अनुसन्धानलाई तीव्रता दिनका लागि छानबिन समितिले बाँकी रहेका कार्यहरू सम्पन्न गरी रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोग समक्ष पेस गर्ने जिम्मेवारी तोकिएको छ ।

बिहीबार बसेको आयोगको बैठकले समिति गठन गरेको भट्टराईले जानकारी दिए । समितिले बिहानै देखि काम सुरु गरेको छ । ‘बैठकले अडियो सार्वजनिक गर्ने जनआस्था साप्ताहिक पत्रिकालाई भिडियो, अडियो वा अन्य कागजातहरू छानबिन समितिलाई उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको छ’, भट्टराईले भने ।

यो पनि पढ्नुहोस्

कन्सुलर सेवा प्रदान गर्नु मुख्य दायित्व हुने

कन्सुलर सेवा प्रदान गर्नु मुख्य दायित्व हुने

१३ मिनेट अगाडि
गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालबाट धर्म प्रचार गर्ने २४ दक्षिण कोरियाली डिपोर्ट

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

देशभरका १०९ वटा सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विस्तार

बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक