आइत, मंसिर ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
बाढी प्रभावितको गुनासोः ५० दिन भयो, राहत आएन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । भोटेकोशी बाढी प्रभावितहरूले अझै राज्यबाट राहत नपाएको गुनासो गरेका छन् । बाढी आएको ५० दिनसम्म पनि यथोचित राहत र सहयोग उपलब्ध नभएको उनीहरूको भनाइ छ ।

सरकारले ठोस योजना अघि सार्न नसक्दा आफूहरू अलमलमा परेको रसुवाको टिमुरेका स्थानीय कामी नुर्पु तामाङले बताउनु भएको छ । बुधबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनस्र्थापनाको सवाल’ विषयक हाकाहाकी बहसमा उहाँले भन्नुभयो, ‘छिटो भन्दा छिटो स्थायी बास हुनुपर्छ । बाढी प्रभावितहरूको पुनःस्थापनालागि सुरक्षित क्षेत्र खोज्नुपर्छ ।’

बाढीको खास कारण हिमपात हुनु अगावै पहिचान गरेर आगामी दिनमा मानवीय र जनधनको क्षति न्यून हुनेगरी स्थायी आवासको व्यवस्था हुनुपर्ने, रसुवागढी नाका र अन्य व्यापारिक केन्द्रहरू सञ्चालनमा ल्याउन सरकारले ढिलो गर्न नहुने तामाङको सुझाव छ । तर यस्तो पहलबारे राज्यको चासो नभएको अन्य स्थानीयको पनि गुनासो छ ।

प्रभावितलाई ६ महिनाभित्र अस्थायी आवास
यसैबीच भोटेकोशी बाढी प्रभावितहरूलाई ६ महिनाभित्र अस्थायी संरचना (आवास) मा स्थानान्तरण गरिने भएको छ । गत १० भदौको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, गोरखा र धादिङका ५ हजार एक सय १६ पीडितहङ रहेको प्रारम्भिक तथ्यांकका आधारमा उनीहरूको स्थायी बसोबासको प्रबन्ध गर्नुपूर्व अस्थायी संरचनाहरू निर्माण गरी बसोबासको प्रबन्ध गरिन लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. घर्मराज उप्रेतीले बताउनुभयो ।
बाढी प्रभावितहरूलाई तीन वर्षभित्रै स्थायी संरचना बनाएर हस्तारन्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँको भनाइ छ । ‘स्थायी संरचना नबनुञ्जेल प्रभावितहरू अस्थायी संरचनामा रहनुहुन्छ र ती संरचनाहरूको निर्माणका लागि हामी तयारी गरिरहेका छौं । राम्रो संरचना बनाउने भन्दा पनि हामी सुरक्षित संरचनाका लागि कार्य गरिहेका छौं’, उहाँले भन्नुभयो ।
सरकारले बाढीले प्रभावित क्षेत्रहरूमा सम्भावित बाढी भावी जोखिमलाई मध्यनगर गरी बस्ती नबसाउने नीति लिएको जनाएको छ । प्रभावितहरूको पुनस्र्थापनाका लागि जग्गाको लेखाजोखाको काम नापी विभागबाट भइरहेको जनाइएको छ । प्राधिकरणसहित विभिन्न २४ वटा निकायहरूसँगको समन्वयमा पुनस्र्थापनाबारेको गृहकार्य अघि बढेको उप्रेतीले बताउनुभयो ।
यसका साथै सरकारले बाढी प्रभावितका लागि प्रतिमहिना चार जनाको परिवारलाई १५ हजार रूपैयाँ मासिक खर्च दिने भएको छ । चार जनाभन्दा बढी परिवार हुनेहरूका हकमा हरेक थप एक जनाको दुई हजार रूपैयाँका दरले थप गरि उपलब्ध गराउने र यो रकम आगामी पाँच महिनासम्मका लागि निर्णय भइसकेको छ । डा. उप्रेतीले भन्नुभयो, ‘आगामी तीन महिनाका लागि प्रभावित परिवारलाई ४५ हजार रूपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया पनि अघि बढेको छ ।’
कार्यक्रममा बोल्दै इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकको डिपार्टमेन्ट अफ आर्किटेक्चरका प्रा.डा. सञ्जय उप्रेतीले पुनस्र्थापनाका क्रममा खाली विपद तथा इन्जिनियरिङ पक्षलाई मात्रै नहेरेर सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षहरूमा पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उहाँले कोठामा बसेर बनाइने नक्साहरू स्थानीय जनजीवनसँग मेल नखाने तथा पीडित प्रभावितहरूको परम्परा, संस्कृतिसँग मेल नखाने भएकाले उनीहरूसँगको परामर्शमा आवासका योजनाहरू अघि बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा आफ्ना विचार राख्दै स्थानीय बाढी प्रभावितहरूले स्थानीय धर्म संस्कृतिअनुसारका काजकिरिया खर्च व्यवस्थापनमा राज्यको ध्यान नगएको गुनासो गरे । खासगरी बौद्ध धर्मालम्बी समूदायले ४९ दिनसम्म अन्तिम संस्कार गर्ने भए पनि हालसम्म सरकारले काजकिरियाको रकम पनि नदिएको अब आफूहरूलाई त्यसको आवश्यकता नरहेको पनि उनीहरूले बताए ।
रसुवाको टिमुरेका स्थानीय छेदिन डोल्माले आफूहरू बाढीपछिको मानसिक सन्त्रासबाट अझै बाहिर आउन नसकेको बताउनुभयो । त्यसैगरी स्थानीय नामग्याल घले र फूर्वु दोर्जे घले प्रश्न गर्नुभयो, ‘अब हामी कहाँ जाने ?’ फूर्वु दोर्जे टिमुरेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रध्यानाध्यापक हुनुहुन्छ । उहाँ बाढीमा आफ्नो विद्यालयका १० जना विद्यार्थी वेपत्ता भएका, भवनको अस्तित्व नभएकाले आगामी दिनमा आफ्नो विद्यालय र सो क्षेत्रको शैक्षिक वातावरण कस्तो हुन्छ भन्ने चिन्तामा हुनुहुन्छ ।  रसुवाको टिमुरेमा मात्रै दुई तिहाई स्थानीयलाई यो बाढीले बेपत्ता बनाएको छ, जसको संख्या एक सय ४८ छ । ती मध्ये पनि ४८ बालबालिकाहरू अभिभावक विहीन भएका छन् ।
बाढी प्रभावित धेरेजसो स्थानीयले काठमाडौँमा आश्रय लिएका छन् । रसुवाका पत्रकार निराजन पौडेलले आफ्ना बुवा आमासहित परिवारका पाँचस सदस्यहरू गुमाएको बताउँदै बाढीको ५० दिनमा पनि राहत नपाएको बताउनुभयो । उहाँले बाढीपछिको पुनस्र्थापनाका क्रममा रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधारहरूसँगै पुनस्र्थापनाको सामाजिक पक्षमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रम आयोजक संस्था नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष निमेष रेग्मीले बाढीपछि पीडामा परेका आम नागरिकलाई जतिसक्दो चाँडो पुनस्र्थापनामा लैजानुपर्ने कुरामा सजग गराउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले पुनस्र्थापनका लागि सरकारको नीति, योजना र कार्यक्रम चाँडो आउनुपर्नेमा जोड दिनुभयो ।

यो पनि पढ्नुहोस्

ललितकला क्याम्पसमा  मूर्ति शिलान्यास गरेकोमो आपत्ति

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

६ घण्टा अगाडि
प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक