सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बन्द रहेका पाँच वटा उद्योगको डीडीए रिर्पोट तयार

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
बन्द रहेका  पाँच वटा उद्योगको डीडीए रिर्पोट तयार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले विगत लामो समयदेखि बन्द रहेका ७ उद्योगमध्ये पाँच वटा उद्योगको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) रिर्पोट तयार पारेको छ । दुई वटाको भने बाँकी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

‘बजेट वक्तव्यमा उल्लेख गरे बमोजिम सातवटा प्रतिष्ठानहरूको सम्पत्ति र दायित्वको मूल्यांकन डिडिए कार्य भइरहेको छ । यस मध्ये पाँच वटाको डीडीए रिर्पोट प्राप्त भै सकेको छ भने बुटवल धागो कारखाना लि. र नेपाल आरिण्ड म्याग्नेसाईट प्रा. लि. को सम्पत्ति र दायित्वको मूल्यांकन भइरहेको छ’, अर्थ मन्त्रालयले संघीय संसद् सचिवालयलाई पठाएको एउटा लिखित प्रश्नको जवाफमा उल्लेख छ ।

डीडीए रिर्पोट भएसँगै उक्त रिर्पोट समेतको अध्ययन गरी सरकारले निजी-सार्वजनिक साझेदारीको उपयुक्त मोडल चयन गरी लगानी व्यवस्थापन गर्ने अर्थ मन्त्रालयले जनाएको छ । सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका सातवटा ठूला सरकारी उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारी (एएए) मोडलमा पुन: सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ ।

यस अन्तर्गत डीडीए रिर्पोट तयार गरिएको हो । यस अन्तर्गत अर्थ मन्त्रालयले पहिलो चरणमा सातवटै उद्योगहरूको विस्तृत लेखापरीक्षण र मूल्यांकन कार्य सुरु गरेको हो । सातवटै उद्योगहरूमा गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट, हेटौंडा कपडा उद्योग र उदयपुर सिमेन्ट उद्योग रहेका छन् ।

प्रतिनिधिसभा सदस्य निश्कल राईले एकातिर अर्थ मन्त्रालयले लगानीकर्तालाई निजी क्षेत्र नै अर्थतन्त्रको इन्जिन भनिरहेको र अर्कोतिर प्रधानमन्त्री वालेन्द्र शाहले फेसबुकमा धमाधम सरकारी उद्योगहरू चल्न थालेको लेखिरहेको भनेर प्रश्न गरेका थिए । सांसद राईको लिखित प्रश्न संसद् सचिवालयले अर्थमन्त्रालय पठाएको थियो । उक्त प्रश्नमा अर्थ मन्त्रालयले हेटौंडा उद्योग चलाउन ३३ लाख निकासा गरेको स्मरण गरेका छन् ।

यहाँनेर उनले सोधेका थिए, ‘सरकारले उद्योग चलाउने सन् १९९० अघि नै विश्वभर फेलियर भएको मोडलमा मुलुक फर्काउन लागेको हो ?’ जवाफमा अर्थ मन्त्रालयले भनेको छ, ‘बिगत लामो समय देखि बन्द अवस्थामा रहेका उद्योगलाई सञ्चालन अवस्थामा ल्याउन सरकारको तर्फबाट अग्रसरता आवश्यक भएकोले प्रारम्भिक चरणमा केही कार्य गर्नु परेको हो ।’ आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट मार्फत सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुँजी वृद्धि तथा शेयर विनिवेश गर्ने नीति अंगिकार गरिएको पनि जवाफमा उल्लेख गरिएको छ । यही जवाफमा बन्द रहेका सात उद्योगमध्ये पाँच वटाको डीडीए रिर्पोट तयार भएको र दुई वटाको बाँकी रहेको विवरण समावेश छ । साथै, हेटौडा कपडा उद्योग कारखानलाई बजेट निकासी सम्बन्धमा पनि अर्थ मन्त्रालयले जवाफ पठाएको छ ।

्जरसअनुसार हेटौडा कपडा उद्योग कारखानलाई बजेट निकासी सम्बन्धमा, लामो समय देखि बन्द रहेको उक्त उद्योगको आधारभूत पूर्वाधार एवम् मेशिनरी लगायत मर्मत र परीक्षण उत्पादन शुरूवात गर्न नेपाल सरकारले ३३ लाख निकासी गरेको हो । हाल उक्त कारखानामा परीक्षणको रूपमा केही मेशिनहरू मार्फत उत्पादन शुरू गरिएको छ ।

‘यो परीक्षण पश्चात् यसको पुन:सञ्चालनको लागि विभिन्न मोडलहरूमा विचार गरी उपयुक्त मोडेलको छनौट गरिनेछ’ अर्थ मन्त्रालयले भनेको छ । अर्थ मन्त्रालयका अनुसार सरकार निजी क्षेत्र देशको अर्थतन्त्रको इन्जिन हुन् भन्ने मान्यतामा अडिग छ । ‘सरकारी उद्योगहरूको पुन सञ्चालन हुने अवस्थामा समेत निजी क्षेत्रसँग सहकार्य गरेरै गरिने छ’ जवाफमा उल्लेख छ, ‘निजी क्षेत्रसँगको सहकार्यमा नै सरकारी उद्योगहरूको दिगो व्यवस्थापन गरिने तथा उद्योगको Backward and forward linkage मा निजी उद्योगहरूका लागि थप बजार उपलब्ध हुनेछ ।

यसबाट निजी क्षेत्र नै लाभान्वित हुने छन् ।’ नेपालको आर्थिक नीति संविधानले नै स्पष्ट गरेको छ । राज्यका निर्देशक सिद्धान्तले सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता मार्फत दिगो आर्थिक विकास गर्दै राष्ट्रिय अर्थतन्त्रलाई समृद्ध अर्थतन्त्रको रुपमा रुपान्तरण गर्ने नीति बमोजिम सरकारले काम गरिरहेको छ । ‘सरकारको मूल ध्येय भनेको उत्पादनमूलक अर्थतन्त्रको विकास गर्ने हो’, अर्थ मन्त्रालयले भनेको छ, ‘यस्ता संस्थानको सुधार गरी निजी क्षेत्रलाई नै front seat मा नै राखे हो। यसमा द्विविधा मान्नु पर्दैन ।’

यो पनि पढ्नुहोस्

ललितकला क्याम्पसमा  मूर्ति शिलान्यास गरेकोमो आपत्ति

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

७ घण्टा अगाडि
प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक