काठमाडौं । पूर्वसांसद् एवं रास्वपाकी केन्द्रीय सदस्य विनिता कठायत कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत भएकी छन् ।
उनलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मूल आयोजक समितिको सदस्यमा मनोनयन गरेका हुन् ।
गत प्रतिनिधि सभा निर्वाचनमा रास्वपाबाट जुम्लामा निर्वाचन लडेकी कठायत पराजित भएकी थिइन् । अघिल्लो कार्यकालमा समानुपातिक सांसद बनेकी उनी रास्वपाकी केन्द्रीय सदस्य हुन् ।

