आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बडादसैँ आजदेखि सुरु

धारणा न्यूज by धारणा न्यूज
५० मिनेट अगाडि
Reading Time: 1 min read
0
बडादसैँ आजदेखि सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन आज घरघरमा घटस्थापना गरी जमरा राखिँदै छ।

घटस्थापनासँगै दुर्गा देवीको आह्वान गरी नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गर्ने परम्परा छ। दसैँको पहिलो दिन घरको पूजा कोठा वा दसैँघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी दुर्गा देवीको पूजा गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ। सूर्योदयकालमा प्रतिपदा तिथि परेका दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गर्न लागिएको समितिले जनाएको छ।

जमरा राखेर दसैँको पूजा आरम्भ

घटस्थापनाका दिन घरमा चोखो बालुवा वा माटो राखेर त्यसमा जौँ छरिन्छ। यसलाई जमरा राख्ने भनिन्छ। विजयादशमीका दिन टीका र आशीर्वादसँगै जमरा ग्रहण गर्ने चलन छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिमा जमराका लागि जौँ रोप्ने विधान छ। यद्यपि, कतिपय परिवारमा कुल परम्पराअनुसार जौँसँगै अन्य अन्न पनि रोप्ने चलन छ।

दसैँमा दुर्गा देवीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन स्वरूपको पूजा गरिन्छ। महाकालीलाई शक्ति, महालक्ष्मीलाई धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा आराधना गर्ने परम्परा छ।

नवरात्रका नौ दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। यस अवधिमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने चलन पनि छ।

फूलपातीदेखि विजयादशमीसम्म

बडादसैँको सातौँ दिन फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीमा दसैँघर, कोत तथा शक्तिपीठमा विशेष पूजाआजा गरिन्छ। नवरात्रका अवसरमा देशभरका दुर्गा भगवतीका मन्दिर तथा शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ।

यस वर्ष विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार त्यस दिन देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा र टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने चलन पनि छ।

पारिवारिक पुनर्मिलनको पर्व

बडादसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। धार्मिक आस्थासँगै यो पर्व पारिवारिक भेटघाट र पुनर्मिलनको अवसर पनि हो।

रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा घरबाहिर रहेका मानिस दसैँ मनाउन आफ्नो थातथलो फर्कने गर्छन्। दसैँ बिदा सुरु भएसँगै काठमाडौंलगायत सहरी क्षेत्रबाट गाउँघर फर्किनेको चहलपहल बढ्ने गरेको छ।

हनुमानढोका दरबारस्थित दसैँघरमा पनि आजदेखि विधिपूर्वक जमरा राखेर दुर्गा देवीको पूजा आराधना सुरु गरिन्छ।

यो पनि पढ्नुहोस्

प्रदीप पौडेलकाे अग्रता कायम

प्रदीप पौडेलकाे अग्रता कायम

३२ मिनेट अगाडि
यस्ताे छ नवनियुक्त गृहमन्त्रीकाे निर्णय

एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णयबारे गृहमन्त्रीकाे चार तर्क

४७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

सीजेपीले हिरासतमा लिएको दाबी

कांग्रेसकाे सभापतिमा गगन थापा

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक