शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भोटेकोशी बाढी प्रभावित श्रेत्रमा पुनःस्थापना गर्न रु ३५ लाख ४७ हजार ५३६ सहयोग

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
Reading Time: 1 min read
0
भोटेकोशी भेलबाढीको स्रोत बुझ्न विश्वभरका वैज्ञानिक जुटे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा तीन वटा संस्थाबाट रु ३५ लाख ४७ हजार ५३६ सहयोग भएको छ ।

जापान नेपाल सोसाइटी (जेएनएस), नेपाल जाइका अलमनाई एसोसिएसन (जान) र समृद्धिका लागि यथायोग्य कार्यसंस्था (आइस्याप) ले स्वस्फूर्त रूपमा सङ्कलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ ।

जापान नेपाल सोसाइटीबाट २२ लाख २६ हजार ५६०, नेपाल जाइका अलमनाई एसोसिएसनबाट १० लाख ११ हजार ७०५ र आइस्यापबाट तीन लाख नौ हजार २७१ सङ्कलन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जानका अध्यक्ष एवं कृषि प्रवर्द्धन आयोजना नेपालका टिम लिडर डा रामचन्द्र भुसालको नेतृत्वको टोलीले उक्त रकम अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेको हो । यसअघि जानका आजीवन सदस्य एवं नेपाल सरकारका पूर्वसहसचिव लोकनाथ देवकोटाले पनि बाढीप्रभावितको सहयोगार्थ रु ५० लाख अर्थमन्त्रीलाई हस्तान्तरण गरिसकेका छन् ।

बाढीपीडितलाई सहयोग जुटाएर कठिन परिस्थितिमा नेपाल सरकारलाई साथ दिएकोमा अर्थमन्त्रीले तीनवटै संस्थालाइ धन्यवाद ज्ञापन गरेको ती संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

डा भुसालका अनुसार नेपाल जाइका अलमनाई एसोसिएसन नेपाल–जापान सम्बन्ध सुमधुर बनाउन विगत पाँच दशकदेखि क्रियाशील छ । हाल जापान नेपाल सोसाइटीले आइस्यापमार्फत कृषि प्रवर्द्धन आयोजना कार्यान्वयनमा सहयोग गरिरहेको छ । ती संस्थाले विपद्मा राहत तथा पुनःस्थापनाका कार्यक्रम, सामुदायिक विकास र कृषि उत्पादन तथा बजारीकरणमार्फत ग्रामीण समुदायको आयआर्जन बढाउने कार्यमा सहकार्य गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

लोकतन्त्रमा दलका नेता, सांसद र सभामुखको भूमिका !

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

१ घण्टा अगाडि
न्यायको अनुभूति भयो, आजैदेखि नियमित काममा फर्किन्छु : चोलेन्द्र शमशेर जबरा

चोलेन्द्र पक्राउदेखि एआईजी निलम्बनसम्म : के छ घटनाक्रमको कनेक्सन ?

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मकवानपुरमा कुखुरापालनतर्फ आकर्षण बढ्दै

एआईजी वंशीराज दाहालमाथि कारबाही

मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’का विजेता थाईल्याण्डमा नेपालको प्रतिनिधित्व गर्दै

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक