शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र ‘समाजवादको मौलिक मार्गचित्र’ दुई पुस्तक विमोचन

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
Reading Time: 1 min read
0
‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र ‘समाजवादको मौलिक मार्गचित्र’ दुई पुस्तक विमोचन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्णवहादुर सिंह ‘समरजङ्ग’को ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ र खम्बु चन्दको ‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तक विमोचन भएका छन् । बुधबार राजधानीको संवाद डबलीमा भएको बिमोचन कार्यक्रमा समिक्षकहरुले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक मार्गदर्शनका लागि यी पुस्तकहरु महत्वपूर्ण सामग्री हुनेसमेत बताए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले पूर्ण सिंहको नवऔपनिवेशिक दलाल पुँजीवादले नेपाली कम्युनिस्ट आन्दोलनका समस्याहरुलाई उजागर गरेको र त्यसको निकासका लागि खम्बु चन्दद्वारा लिखित समाजवादी क्रान्तिको मार्गचित्रले निकासको आधार दिएको धारणा राखे । आत्मनिर्भर बन्दै गएको नेपाली अर्थव्यवस्थालाई विदेशीहरुले योजनावद्ध परनिर्भर बनाउन सफल भएको विषयलाई लेखक सिंहले गहन तरिकाले पुस्तकमा समेटेको ओलीले धारणा राखे । ‘नेपालमा डा.रमशरण महतको मुख्य भूमिकामा नवउदारवादलाई भित्राएर नवऔपनिवेशिक दलाल पुँजीवादमार्फत देशको अर्थतन्त्र ध्वस्त परियो, पहिला हेटौंडादेखि काठमाडौंको रोप वे काटियो, ट्रली बस बन्दलगायतका सबै उद्योगधन्दा बन्द गरियो तर त्यसलाई रोक्न कम्युनिस्टहरु सक्षम भएनन्’ ओलीको कथन छ ।

प्राडा सुरेन्द्र केसीले दुबै जनाले लेखेका पुस्तक निकै नै उत्कृष्ट रहेको धारणा राखे ।
यी पुस्तकहरुमा कसैलाई गालिगलौज आरोप–प्रत्यारोप भन्दा पनि समस्यालाई समाधानमा जोड दिएको भन्दै सकारात्मक धारणाको विकास गर्न खोजेको उनको कथन छ । “प्रचण्ड–बाबुरामको पुस्ताले मुख्य समय गालिमा विताए, त्यसपछिको पुस्ता झन बढी गालि सिरोमाणी बने तर पूर्ण सिंहहरुको पुस्ताले ‘दोसारोपँण’ भन्दा निकासलाई जोड दिने संस्कारको विकास देख्दा आशा पलाएको छ” केसीले भने ।
नेकपा (बहुमत)का महासचिव उदयबहादुर चलाउने ‘दिपक’ले नेपालका कम्युनिस्ट पार्टीहरुले समाजवादी क्रान्ति सम्पन्न गर्ने महत्वपूर्ण अवसर गुमाएको दाबी गरे । देशलाई नवऔपनिवेशिक दलालपुँजीवादले ध्वस्त पारेको र त्यसको विकल्प समाजवाद भएको उनले बताए । लेखकद्वय पूर्णबहादुर सिंह र खम्बु चन्दले नेपाली कम्युनिस्ट आन्दोलनको समिक्षा र निकासको लागि नयाँ वैचारिक आधार पुस्कतमार्फ प्रस्तुत गरेको चलाउने जनाए ।

नवऔपनिवेशिक दलालपुँजीवादका लेखक सिंहले नेपाली कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति मुख्य समस्या रहेको बताए । नेपाली कम्युनिस्ट स्कुलको पनि समिक्षा गर्नु पर्ने उनको धारणा छ, उनले अमुख पार्टी र अमुख व्यक्तिले एकअर्कोलाई विरोधका नाममा विरोध गर्ने विषयले समाजवादसम्म पुग्ने बाटो कमजोर भएको छ, यसको गम्भीर समिक्षा गर्न जरुरी छ ।

‘समाजवादको मौलिक मार्गचित्र’ पुस्तकका लेखक खम्बु चन्दले नेपालको कम्युनिस्ट आन्दोलन टुटफूट, विभाजन र असफलताको कारण खोज्ने प्रयास गरेको बताए ।
प्रचण्ड, किरणहरुलाई दोष दिएर आफू क्रान्तिकारी बन्ने होडबाजीले आन्दोलन कमजोर भएको उनको भनाई छ, आजको समयमा आन्दोलन धरासायी हुनुको मुख्य कारण खोज्नुपर्ने चन्दको धारणा छ ।
अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष मिलन राईले नेपाली कम्युनिस्ट आन्दोलन आसफल हुनुमा  नेता र नेतृत्वको एकाधिकार ब्यावहार र सोच मुख्य दोषी रहेको धारणा राखे । राईले समाजवादी क्रान्ति सफल गर्न सांगठनिक स्वरुप, नेतृत्वको शैली, समयअनुसारको दक्षत र आन्दोलनको स्वरुप पनि बदल्नुपर्ने धारणा राखे ।

अखिल नेपाल श्रमिक महासंघका अध्यक्ष विनोद थापाले नेपाली जनता र माटोले क्रान्ति खोजेको र त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिदै, अबको क्रान्तिकारी कार्यदिशाका लागि दुबै लेखकले पुस्तकमार्फत बाटो पैल्याएको धारणा राखे ।

समाजवादी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य माधव गौतमाले नेपालको जनवादी क्रान्ति सम्पन्न गर्न सबै कम्युनिस्टहरु एक हुनुपर्नेमा जोड दिए ।
वरिष्ठ साहित्यकार रामेश्वर राउतले पठन संस्कृति लोप हुँदै गएको बेला समरजङ्ग र खम्बु चन्दले महत्वपूर्ण कृति प्रकाशन गरेर पठन संस्कृतिको विकासमा टेवा पुर्याएको धारणा राखे ।

यो पनि पढ्नुहोस्

युक्रेनका हजारौं मानिस विद्युतविहीन

यी स्थानमा लाेडसेडिंग हुने

९ घण्टा अगाडि
राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी

राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मकवानपुरमा कुखुरापालनतर्फ आकर्षण बढ्दै

एआईजी वंशीराज दाहालमाथि कारबाही

मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’का विजेता थाईल्याण्डमा नेपालको प्रतिनिधित्व गर्दै

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक