आइत, अशोज १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम भयाे

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम भयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भन्सारका नाममा सीमानाकामा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने र दुःख दिने काम भइरहेको जनाएका छन्।

आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भन्सारको नाममा जनतालाई सरकारले दुःख दिने गरेको बताएका हुन्। भारतबाट स्थलमार्ग हुँदै घरायसी प्रयोजनका लागि ल्याइने सामान्य सामाग्रीमा पनि सरकारले भन्सार कर लगाउने गरेको उनले बताए। तर, हवाईमार्गबाट आउने व्यक्तिले महँगा सामान ल्याउँदा भन्सार नलिने गरिएको उनको भनाइ छ।

उनले भन्सार नियन्त्रणका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम रोक्नुपर्ने बताए। उनले वर्तमान सरकारले सीमा सुरक्षाका नाममा तराईका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको संख्या र क्याम्प बढाएकोमा पनि असन्तुष्टि जनाए। उनले सीमा भारतसँग मात्र नभई चीनसँग पनि जोडिएको उल्लेख गर्दै हिमाली तथा पहाडी क्षेत्रमा समेत सीमा सुरक्षालाई समान प्राथमिकता दिनुपर्ने बताए।

सीमा सुरक्षाभन्दा सर्वसाधारणलाई दुःख दिने उद्देश्यले मात्र सुरक्षाकर्मीको संख्या बढाइएको उनको आरोप छ।

उनले भने, ‘दिल्लीबाट आयो प्लेनमा भने त्यहाँ सामान ल्याउन पाउने, महँगा–महँगा सामान पनि ल्याउन पाउने, मोबाइल पनि ल्याउन पाउने, रेडियो–टिभी पनि ल्याउन पाउने, सबै कपडा–लत्ता पनि ल्याउन पाउने। तर रक्सौल बोर्डरबाट, इन्डियाको कुनै बोर्डरबाट तपाईं ल्याउन नमिल्ने? भन्सार नियन्त्रणको नाउँमा निजी सम्पत्ति लुट्ने जो काम भइरहेको छ, त्यो बन्द होस् भन्न चाहन्छौँ।’

उनले किसानका लागि सरकारले मलखाद, बजार र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न नसकेको आरोप लगाए। उनका अनुसार किसानले उत्पादन गरेको उखु, मकै तथा अन्य कृषि उपज बिक्री गरेपछि समेत लामो समयसम्म पनि भुक्तानी पाउन सकेका छैनन्। किसानलाई उत्पादनका लागि आवश्यक सामग्री, बजार र उचित मूल्य उपलब्ध गराउनु सरकारको दायित्व भएको उनले बताए।

यो पनि पढ्नुहोस्

चाडपर्व नजिकिएसंगै खुला बजारमा ग्राहकको चाप बढ्याे

चाडपर्व नजिकिएसंगै खुला बजारमा ग्राहकको चाप बढ्याे

२ घण्टा अगाडि
वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

त्रिवि परीक्षा केन्द्रमा सीसी क्यामेरा

वामपन्थीहरू र देशभक्तहरूसँग सहकार्य गर्न छलफल

कांग्रेसको १५औँ महाधिवेशन केही फरक हुने

अब कम स्पिडका इन्टरनेट प्याकेजहरू उपलब्ध नहुने

Live: कांग्रेसको १५औं महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक