काठमाडौं । उदयपुर, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-५ लालपुर बस्ने ३५ वर्षीय समिर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । समिरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बाँके, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने ३८ वर्षीय मान बहादुर कामीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भक्तपुर, मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली चोकस्थित सडकमा बा.प्र.०८-००१ प ०५२१ नम्बरको मोटरसाइकललाई बा.प्र.०२-०६५ प ४४९७ नम्बरको मोटरसाइकलले शुक्रबार बिहान ठक्कर दिँदा बा.प्र.०२-०६५ प ४४९७ नम्बरको मोटरसाइकल चालक भक्तपुर सिपाडोल बस्ने दोलखा बैतेश्वर गाउँपालिका-४ घर भएका २३ वर्षीय प्रबिन दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर इन्टरनेश्नल अस्पताल कौशलटारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा. प्र.०८-००१ प ०५२१ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


