बिहि, अशोज १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निजामती सेवा विधेयक संसद्मा दर्ता

धारणा न्यूज by धारणा न्यूज
३६ मिनेट अगाडि
Reading Time: 1 min read
0
प्रतिनिधि सभामा संघीय निजामती सेवा विधेयक, २०८० प्रस्तुत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता भएकाे छ । यस विधेयकले कर्मचारीतन्त्रमा अहिले भइरहेको संरचनाहरू बदल्ने लगायतका प्रावधानहरू राखिएका छन् । एकपटकका लागि ५५ वर्ष उमेर पुगेका र ३० वर्ष सेवा अवधि पुगेका कर्मचारी अवकासमा जाने व्यवस्थाले निजामति कर्मचारीमा व्यापक तरंग उत्पन्न गरेको छ ।

यस्ता छन् विधेयकमा मुख्य विशेषताहरु :

 

१. श्रेणीगतबाट तहगत प्रणालीमा रूपान्तरण: निजामती सेवामा पूर्वप्रचलित श्रेणीगत प्रणालीलाई विस्थापित गरी अधिकृत चौधौँ तहदेखि सहायक पहिलो तहसम्मको तहगत प्रणाली प्रस्ताव गरिएको छ ।

२. अनिवार्य अवकाशको उमेर ६० वर्ष: निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ६० वर्ष कायम गर्ने प्रस्ताव रहेकाे छ ।

३. एघार वटा सेवा र क्लस्टरिङ (समूहीकरण): सङ्घीय निजामती सेवा अन्तर्गत ११ वटा सेवा रहने र सेवाको विशिष्टीकरणका लागि ६ वटा प्रमुख सेवाहरूमा समूहीकरण (क्लस्टर) गरिएको छ।

४. समावेशी पदपूर्तिको नयाँ ढाँचा: खुला प्रतियोगिताबाट पूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद समावेशीका लागि छुट्याइएको छ। सो ४९ प्रतिशतलाई शतप्रतिशत मानी ५० प्रतिशत पदमा महिलाहरू बीच मात्र र बाँकी ५० प्रतिशत पदमा अन्य लक्षित वर्गहरू बीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने व्यवस्था छ।

५. विशिष्ट श्रेणीका कर्मचारीको पदावधि निर्धारण: राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृत चौधौँ तहका कर्मचारीको पदावधि २ वर्ष र अधिकृत तेह्रौँ तहका कर्मचारीको पदावधि ३ वर्ष निर्धारण गरिएको छ।

६. कार्यसम्पादन सम्झौता र उत्तरदायित्व: मुख्य सचिव, सचिव, विभागीय प्रमुख तथा कार्यालय प्रमुखहरूसँग वार्षिक रूपमा अनिवार्य रूपमा कार्यसम्पादन सम्झौता गर्ने र सोही आधारमा वस्तुनिष्ठ मूल्याङ्कन गरिने व्यवस्था राखिएको छ।

७. निजामती सेवा बोर्डको व्यवस्था: सरुवा, पदस्थापन र वृत्ति विकासलाई पारदर्शी, पूर्वअनुमानयोग्य र योग्यतामा आधारित बनाउन मुख्य सचिवको अध्यक्षतामा ‘निजामती सेवा बोर्ड’ को गठन गर्ने व्यवस्था गरिएको छ।

८. निश्चित शर्त पूरा भएमा तह वृद्धि: तोकिएको न्यूनतम सेवा अवधि (७ वर्ष) पूरा गरेका र पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट अङ्क प्राप्त गरेका कर्मचारीहरूलाई एक तह माथि तह वृद्धि गरिने व्यवस्था छ।

९. योगदानमा आधारित निवृत्तिभरण व्यवस्था: नयाँ नियुक्ति हुने निजामती कर्मचारीहरूका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू हुने व्यवस्था छ।

१०. सेवा निवृत्तपछिको बन्देज : विशिष्ट वा प्रथम श्रेणीका अधिकारीहरू अवकाश वा राजीनामापछि २ वर्षसम्म कुनै पनि संवैधानिक, कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्त हुन नपाउने स्पष्ट बन्देज लगाइएको छ।

११. स्वेच्छिक अवकाशको अवसर: निवृत्तिभरण (पेन्सन) पाउन न्यूनतम २० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीहरू मध्ये ५५ वर्ष उमेर पूरा भएका वा ३० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूले चाहेमा जुनसुकै समयमा स्वेच्छिक अवकाशका लागि आवेदन दिन सक्ने व्यवस्था छ।

१२. थप सेवा अवधि गणना: ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा भई स्वेच्छिक अवकाश लिने कर्मचारीको हकमा अनिवार्य अवकाश हुने उमेर हद पुग्न बाँकी रहेको अवधिलाई निश्चित सीमासम्म (अधिकतम ५ देखि ७ वर्षसम्म) सेवा अवधिमा थप गरी पेन्सन वा उपदानको रकम वृद्धि गर्ने सुविधा दिइन्छ।

१३. सरकारी स्वीकृति: ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेर दिइने स्वेच्छिक अवकाशको निवेदन सरकार वा सम्बन्धित निकायले सेवाको आवश्यकता, विशिष्टता र जनशक्ति व्यवस्थापनलाई हेरेर स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ।

१४. सञ्चित सुविधाको एकमुष्ट भुक्तानी: ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर पूरा गरी अवकाश लिँदा पाउन बाँकी रहेको सञ्चित बिदा (बिरामी बिदा र घर विदा), उपचार खर्च तथा अन्य सुविधाहरू प्रचलित कानून बमोजिम एकमुष्ट प्राप्त हुनेछ।

यो पनि पढ्नुहोस्

कृषिमा आधुनिकीकरण आवश्यक

संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य

१७ मिनेट अगाडि
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईकाे छोटो सम्बोधन

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईकाे छोटो सम्बोधन

४२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आत्मनिर्भर अर्थतन्त्रका लागि बन्द उद्योगलाई ब्युँताऔं

प्रतिनिधिसभाको बैठक बस्दै

संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य

सङ्घीय संसद्को जारी अधिवेशन अन्त्य गर्न सिफारिस

एथलेटिक्समा मुकेशबहादुर पालले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक