सुन्दरहरैंचा । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को जारी क्षेत्रीय अधिवेशनका क्रममा सांघातिक आक्रमण भएको छ।
सुन्दरहरैचा नगरपालिका–४ स्थित सिग्देल प्रतिष्ठानको भवनमा भइरहेको कांग्रेसको अधिवेशनका क्रममा आक्रमण भएको हाे ।
घटनामा पूर्वसांसद चुमनारायण तबदार, जेन–जी समुन्द्र पोखरेल र कांग्रेस नेता चेतराज रेग्मी घाइते भएका छन् । अधिवेशनमा मनोनयन दर्ता गराउने विषयमा विवाद भएपछि आक्रमण भएको हो। मनोनयन दर्ताका क्रममा विवाद बढेपछि दुई पक्षबीच भनाभन हुँदै आक्रमणमा परिणत भएको जनाइएको छ।
घटनामा केही व्यक्ति घाइते भएको र घटनापछि अधिवेशनस्थलमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। घटनाबारे थप विवरण आउन बाँकी छ। घाइते तीनैजनालाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय उपमहामन्त्री डा. डिला संग्रौलाले क्षेत्रीय सभापति देबु तामाङको योजनामा योजनाबद्ध आक्रमण भएको दाबी गर्दै तामाङलाई पार्टीबाट निलम्बन गर्न माग गरेकी छिन्। घटनाबारे थप विवरण आउन बाँकी छ ।

