काठमाडौं । मनाङको हिमलुङ हिमपहिरोमा थप २ जनाकाे शव फेला परेका छन् ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले थप दुई शव फेला पारेको हो ।
एनएनएमजीएका अनुसार आज वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको हो ।
यसअघि आइतबार छवि भोटे र पासाङ भोटेको शव भेटिएको थियो । यससँगै हिमलुङ हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
एसोसिएसनले खोज तथा उद्धारको काम निरन्तर जारी राख्ने समेत जनाइएकाे छ ।


