नेपाली बजारमा आज सोमबार सुनचाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र चाँदी १ सय ४५ रुपैयाँले घटेको हो ।
शुक्रबारको तुलनामा आइतबार प्रतितोला ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि घटेर २ लाख ९४ हजार ३ सय रुपैयाँ रहेको कायम छ ।
सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


