गुल्मी । कालीगण्डकी नदीमा आएको बाढीले मिर्मी ड्याम साइटभन्दा तल रहेको स्याङ्जाको मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पुल बगाएको छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको ड्याम साइटमा पानीको बहाव बढेसँगै पुल बगाएको नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा कार्यरत विष्णुप्रसाद न्यौपानेले जानकारी गराए ।
गुल्मी प्रहरी प्रमुख एसपी भीमकिरण बोगटीले पनि पुल बाढीले बगाएको पुष्टि गरे ।
‘बेलिब्रिज टाइपको पुल थियो, चारपांग्रे गाडीहरु त्यही पुलबाट वारपार गर्थे, आज बिहान ६ बजेतिर बाढीले बगाएकाे जनाउँदै पुल बगेपछि मिर्मी–हर्मिचौरबीचको आवतजावत अहिले प्रभावित भएको छ ।


