बिहि, अशोज ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जटिलता अन्त्य गर्न सरकारसँग माग

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
0
जटिलता अन्त्य गर्न सरकारसँग माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह महताले आपत्कालीन अवस्थामा गम्भीर बिरामीको उद्धारमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महताले आफ्नै परिवारका सदस्यले भोगेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै आपत्कालीन स्वास्थ्य उद्धार प्रणालीलाई सरल, छिटो र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । उनका अनुसार उनकी भाइबुहारीलाई भदौ ६ गते सुत्केरी व्यथा लागेपछि कञ्चनपुरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

चिकित्सकको सल्लाहअनुसार भदौ ७ गते शल्यक्रिया गरी छोरी जन्मिएपछि परिवारमा खुसीको वातावरण बने पनि शल्यक्रियापछि आमाको मुटुको चाल रोकिएसँगै स्वास्थ्य अवस्था गम्भीर बनेको उनले बताए । स्वास्थ्य अवस्था थप जटिल बनेपछि चिकित्सकले भेन्टिलेटरसहित हेलिकप्टरमार्फत सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएको महताले बताए । त्यसपछि आफूले स्वास्थ्य, महिला, बालबालिका तथा गृह मन्त्रालयमा सम्पर्क गर्ने प्रयास गरे पनि तत्काल सम्पर्क हुन नसकेको उनले सदनलाई जानकारी गराए ।

महताका अनुसार त्यसपछि उनी प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा पुगेका थिए । सभामुखले तत्काल स्वास्थ्य मन्त्रीलाई फोन गरी बिरामीको उद्धारको व्यवस्था गर्न निर्देशन दिएको भन्दै उनले सभामुख र संसद् सचिवालयप्रति धन्यवाद व्यक्त गरे ।

तर, विभिन्न सरकारी निकायसँग समन्वय गर्दा कानुनी जटिलताका कारण सरकारी हेलिकप्टरबाट उद्धार गर्न नसकिने जवाफ पाएको उनले बताए । ‘त्यो क्षण मेरा लागि एउटै प्रश्न थियो, कानुन ठूलो कि एउटा नागरिकको जीवन?’ महताले प्रश्न गर्दै भने । आफूले कुनै विशेष सुविधा नमागेको भन्दै उनले जीवन बचाउन सकिने सम्भावना भएको गम्भीर बिरामीलाई समयमै उपचारको पहुँचमा पुर्याउने अधिकारका लागि पहल गरेको जनाए ।

सरकारी माध्यमबाट उद्धारमा कठिनाइ भएपछि निजी क्षेत्रको हेलिकप्टरमार्फत उद्धारको विकल्प खोजिएको उनले जनाए ।

आफू संघीय सांसद भएर राज्यका विभिन्न निकायमा प्रत्यक्ष पहुँच हुँदाहुँदै पनि गम्भीर बिरामीको समयमै हवाई उद्धार गराउन धेरै तह र प्रक्रिया पार गर्नुपरेको उल्लेख गर्दै उनले सामान्य नागरिकको अवस्थाबारे प्रश्न उठाए । ‘म एकजना संघीय सांसद भएर राज्यका विभिन्न निकायसमक्ष प्रत्यक्ष पहुँच हुँदाहुँदै पनि एउटा गम्भीर बिरामीलाई समयमै हेलिकप्टरबाट उद्धार गराउन यति धेरै तह–प्रक्रिया पार गर्नुपर्ने अवस्था आयो भने सामान्य नागरिकले यस्तो परिस्थितिमा के गर्ने?’ उनले भने । महताले आपत्कालीन अवस्थामा तत्काल निर्णय गर्न सकिने गरी स्पष्ट र पारदर्शी उद्धार प्रणाली निर्माण गर्न सरकारसँग माग गरे ।

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभा बैठकमा समूहगत उपस्थिति तालिका निर्धारण

प्रतिनिधि सभा बैठकमा समूहगत उपस्थिति तालिका निर्धारण

१ घण्टा अगाडि
नेपालले   २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

नेपालले २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सेयर काराेबार घट्याे

नेपालले २०औं एसियाली खेलकुदमा पहिलो पदक जित्याे

पोखराका विद्यालयहरूमा दुई दिन स्थानीय बिदा

चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे

डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक